Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

सभामुखले बोलाएको सर्वदलीय बैठकमा ओली नजाने

सभामुखले बोलाएको सर्वदलीय बैठकमा ओली नजाने

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

भाद्र २८, २०७८ सोमवार • ११:१६:४१ बजे
  • 1.2K
    SHARES
  • सभामुखले बोलाएको सर्वदलीय बैठकमा ओली नजाने

    प्रमुख प्रतिपक्षी नेकपा एमाले अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओली सर्वदलीय बैठकमा नजाने भएका छन् ।

    images

    संसदको गतिरोध अन्त्यका लागि सभामुख अग्निप्रसाद सापकोटाले आह्वान गरेको सर्वदलीय बैठकमा ओली नजाने उनको सचिवालयले जनाएको छ ।

    बैठकमा एमालेबाट प्रतिनिधि भने पठाइने अध्यक्ष ओलीको सचिवालयका सदस्य रामशरण बजगाईँ बताए । सभामुख सापकोटाले भने एमाले संसदीय दलको नेता ओलीलाई बैठकमा आमन्त्रण गरेका थिए ।

    पुस ५ र जेठ ७ गतेको संसद् विघटनले सभामुख सापकोटा र ओलीबीच निकै दुरी बढेको छ । 

    एमालेको तर्फबाट सर्वदलीय बैठकमा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ, प्रमुख सचेतक विशाल भट्टराईलगायत नेता सहभागी हुने एमाले स्रोतले बताएको छ । बैठक सोमबार दिउँसो हुँदैछ ।

    प्रमुख प्रतिपक्षी दल एमालेले निरन्तर सदन अवरोध गछलफलमा प्रधानमन्त्री एवम् कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवा, एमाले अध्यक्ष ओली, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष उपेन्द्र यादव, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का अध्यक्ष महन्थ ठाकुर तथा जनमोर्चाकी दुर्गा पौडेल, नेमकिपाका प्रेम सुवाल र राप्रपाका राजेन्द्र लिङ्देनलाई आमन्त्रण गरिएको छ ।

    सभामुख सापकोटाको भूमिकामाथि प्रश्न उठाउँदै एमालेले २३ गतेबाट सुरु भएको संसद् बैठक निरन्तर अवरुद्ध गर्दै आएको छ । पार्टीले १४ जना सांसदलाई कारबाही गरेको सूचना नटाँसेको भन्दै एमालेले संसद् अवरुद्ध गर्दै आएको छ ।

  • सम्बन्धित विषय:

  • # राजनीति
  • # केपी ओली
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology