Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

तालिबान : छात्राले ‘हिजाब’ लगाएर पढ्नुपर्ने, पुरुष शिक्षकले पर्दापछाडिबाट पढाउन सक्ने

तालिबान : छात्राले ‘हिजाब’ लगाएर पढ्नुपर्ने, पुरुष शिक्षकले पर्दापछाडिबाट पढाउन सक्ने

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

भाद्र २८, २०७८ सोमवार • १२:१९:१७ बजे
  • 1.4K
    SHARES
  • तालिबान : छात्राले ‘हिजाब’ लगाएर पढ्नुपर्ने, पुरुष शिक्षकले पर्दापछाडिबाट पढाउन सक्ने

    एजेन्सी । अफगानिस्तानमा हालै सत्ता कब्जा गरेको तालिबान सरकारले शिक्षामा महिलाहरुलाई प्रतिबन्ध नलगाउने भएको छ । तर यसका लागि केही कठोर प्रावधान भने राखिएको छ ।

    images

     

    उच्च शिक्षा सम्बन्धी नीति सार्वजनिक गर्दै तालिबान सरकारले महिला तथा पुरुष सँगै बसेर पढ्न नपाउने जनाएको छ । त्यहाँका विश्वविद्यालयहरुलाई महिला र पुरुष विद्यार्थी पढाइ हुने गरी छुट्याउन र इस्लामी ड्रेस कोड लागू गर्न भनिएको छ ।

    बिबिसीका अनुसार तालिबानको यो शिक्षा नीतिले पत्यक्ष नभए पनि परोक्ष रुपमा महिलाहरु भने शिक्षाबाट वन्चित नै हुनसक्ने विश्लेषण भइरहेका छन् । एक त विश्वविद्यालयमा महिला र पुरुष विद्यार्थीहरुलाई अलगअलग राखेर पढाउन, कक्षा सन्चालन गर्ने पर्याप्त स्रोतसाधन हुने छैन । अर्कोतिर यस नीतिले महिला तथा पुरुषबीच स्पष्ट विभेद सृजना गर्ने भएकाले शिक्षामा प्रभावकारीता नहुन सक्छ ।

    तालिबानको पहिलो पाँचवर्षे शासन काल (सन् १९९६ देखि २००१)मा अफगानिस्तानमा महिला तथा बालिकाहरुलाई विद्यालय र विश्वविद्यालयको शिक्षामा पूरै प्रतिबन्ध लगाइएको थियो । यसपटक भने प्रत्यक्ष प्रतिबन्ध नभए पनि परोक्ष रुपमा प्रतिबन्धात्मक नीतिहरु अघि सारिएको छ ।

    उच्च शिक्षा सम्बन्धी मामिला हेर्ने एकजना मन्त्री अब्दुल बाकी हक्कानीले महिलाहरूले पढ्न पाउने तर पुरुषहरूसँगै बसेर भने पढ्न नपाउने बताएका छन् । तर पनि उनी महिला शिक्षकहरुको संख्या पर्याप्त रहेको दाबी गर्दछन् । कमी भएको स्थानमा दोस्रो विकल्प सोचिने उनको भनाइ छ । अहिले विद्यार्थीहरुलाई पढाउने विषयमा समीक्षा भइरहेको पनि उनले बताएका छन् ।

    हक्कानीले यो नयाँ नियमलाई अफगानिस्तानका नागरिकले सजिलै स्वीकार गर्ने बताएका छन । उनले भने, जनता मुस्लिम हुन्, त्यसैले उनीहरुले यस नियमलाई स्वीकार गर्छन् ।

    देशका प्राथमिक र माध्यमिक विद्यालयहरुमा केटी र केटाहरुलाई छुट्टै शिक्षा दिइने उक्त नीतिमा खुलाइएको छ । यो पहिलेदेखि नै रूढिवादी अफगानिस्तानमा एक सामान्य अभ्यास थियो । अब छात्राहरुले हिजाब (पूरै शरीर ढाकिने पोशाक) लगाउनु पर्नेछ । पुरूष शिक्षकले महिलाहरू पढाउनुपर्दा पर्दापछाडिबाट बढाउन सक्नेछन् ।

    तालिबानले अफगानिस्तानमा मुस्लिम पाठ्यक्रम समेत लागू गर्दैछ । हक्कानीले पत्रकारहरुलाई भने, तालिबान एक निष्पक्ष र इस्लामिक पाठ्यक्रम बनाउन चाहन्छ, जुन हाम्रो इस्लामिक, राष्ट्रिय र ऐतिहासिक मूल्यहरु संग मेल खान्छ। अर्कोतर्फ, उनीहरु अन्य देशहरु संग प्रतिस्पर्धा गर्न सक्षम हुनु पर्छ।

    काबुलको शहीद रब्बानी शिक्षा विश्वविद्यालयमा तालिबानको लैंगिक नीतिको समर्थनमा महिलाहरुको प्रदर्शनपछि नै हिजो शनिबार उच्च शिक्षाको नयाँ नीति घोषणा गरिएको थियो ।

    शनिवारको प्रदर्शनमा भाग लिने सयौं महिलाहरुमध्ये अधिकांश कालो बन्धन लगाएका थिए र हातमा तालिवानको झण्डा बोकेका थिए ।

    प्रदर्शनको क्रममा त्यहाँ नयाँ तालिबान शासनको प्रशंसा गर्ने भाषण दिइयो र महिला अधिकारको सुरक्षाको माग गर्नेहरुको कडा आलोचना भयो ।

  • सम्बन्धित विषय:

  • # तालिबान
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology