Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

एमालेको अवरोध पछी राष्ट्रिय सभा बैठक स्थगित,

एमालेको अवरोध पछी राष्ट्रिय सभा बैठक स्थगित,

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

भाद्र २८, २०७८ सोमवार • १३:३५:४६ बजे
  • 1.0K
    SHARES
  • एमालेको अवरोध पछी राष्ट्रिय सभा बैठक स्थगित,

    पोखरा । प्रमुख प्रतिपछी दल नेकपा एमालेले राष्ट्रिय सभामा अबरोध गरेपछी बैठक स्थगित भएको छ ।

    images

     

    सोमबार बैठक सुरु हुन साथ एमालेका राष्ट्रिय सभा सदस्यहरु उठेर विरोध जनाए पछी सभा अध्यक्ष गणेश तिमिल्सिनाले १५ मिनेटका लागि बैठक स्थगित गरेका हुन् ।

    एमालेले प्रतिनिधिसभाका सभामुख अग्नि सापकोटाको भूमिकालाई लिएर संसद अवरोध गरिरहेको छ ।

    एमाले विभाजनमा सभामुखको भूमिका रहेको उसको आरोप छ ।

    यही विषयलाई लिएर राष्ट्रियसभा बैठक पनि अवरोध गरिएको हो ।

    एमाले सर्वदलीय बैठकमा नआउनु भनेको निहुँ खोज्नु हो : सभामुखको सचिवालय

    नेकपा एमाले नआए पनि सर्वदलीय बैठक बस्ने सभामुख अग्निप्रसाद सापकोटाको सचिवालयले जनाएको छ ।

    एमाले प्रमुख सचेतक विशाल भट्टराईले सभामुख सापकोटालाई टेलिफोन गरेर एमाले बैठकमा सहभागी नहुने जानकारी गराएका बेला सभामुखको सचिवालयले एमाले नआउँदैमा बैठक नरोकिने स्पष्ट पारेको हो ।

    सभामुखका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले एमाले उपस्थित नभए पनि बैठक बस्ने जानकारी दिए । 

    सभामुखको सचिवालयका एक सदस्यले आफैं सदन सञ्चालन गर्न सभामुखले प्रतिपक्षसँग सम्वाद गरेन भन्ने अनि बोलाएको बैठकमा पनि नआउने भनेर एमालेले जहाँबाट पनि निहुँ खोज्ने काम गरेको गुनासो गरे ।

     

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology