तस्विर : राजनिती डटकमबाट
पोखरा । नेकपाका महासचिव नेत्र बिक्रम चन्द ‘विप्लव’ ५ वर्षपछि काठमाडौको ठुलो सम्बोधन गर्न खुल्लामन्चमा प्रवेश गरेका छन ।
नेपाल कम्युनिष्ट पार्टीले राष्ट्रघाती अमेरिकी परियोजना एमसीसी विरुद्ध आज भदौ २८ गते काठमाडौँको खुल्ला मञ्चमा बृहत जनसभालाइ सम्बोधन गर्दैछन ।
एमसीसी विरुद्ध विरोध प्रदर्शनसहित भएको बृहत जनसभालाई नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द ‘विप्लव’ लगाएयत अन्य दलका नेताहरुले समेत सम्बोधन गर्नेछन ।
खुल्ला मन्चमा भैरहेको कार्यक्रममा २० हजार भन्दा बढीको उपस्थिति रहेको बताइएको छ ।
काठमाडौँ र आसपासका जिल्लाका ठाउँठाउँमा प्रचारप्रसारका लागि पर्चा वितरण गर्नुका साथै झण्डा, ब्यानर, पम्प्लेट बनाउने र विभिन्न जिल्लाबाट आउने जनमानसहरुको तयारी गरेको थियो ।
आज बिहान साँढे ११ बजेदेखि काठमाडौँको त्रिपुरेश्वर, भृकुटीमण्डप र लैनचौरबाट र्यालीहरु निस्किएका थिए, मूल जुलुस सुन्धाराबाट हुने उक्त ठाउँबाट महासचिव विप्लव समेत जुलुसमा जोडिएका थिए ।
र्यालीमा विप्लव, खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’सहितका नेताहरू सहभागी भएका छन् ।