नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार नेपालसहित १४ संघीय सांसद् र लुम्बिनी प्रदेशका २ प्रदेशसभा सदस्यलाई पदमुक्त गर्ने मागसहित दायर गरेको रिट" ‘हेर्न नभ्याइने"मा परेको छ ।
सोमबार न्यायाधीशद्वय दीपककुमार कार्की र मीरा खड्काको इजलासमा पेसी तोकिए पनि हेर्न "नभ्याइने"मा परेको हो ।
यसअघि गत मंगलबार प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको एकल इजलासले १४ जना संघीय सांसद्, लुम्बिनी प्रदेशसभाका सदस्य र रिट निवेदक पक्षलाई बोलाउने आदेश दिएको थियो ।
नेकपा एमालेले साधारण सदस्य र सांसद् सदस्यबाट निष्कासन गरेका १४ जनालाई पदमुक्त नगरी सभामुखले गैरकानुनी काम गरेको तथा तीनै व्यक्तिको सनाखतबाट नयाँ दल दर्ता भएको भन्दै सर्वोच्चमा रिट परेको थियो ।
एमाले अध्यक्ष ओलीले प्रतिनिधिसभाका सभामुख "अग्निप्रसाद सापकोटा", निर्वाचन आयोग र लुम्बिनी प्रदेशसभाका (सभामुख पूर्णबहादुर घर्ती)विरुद्ध छुट्टाछुट्टै तीनवटा रिट सर्वोच्च अदालतमा दायर गरेका थिए ।