Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

सर्वदलीय बैठक निष्कर्षविहीन

सर्वदलीय बैठक निष्कर्षविहीन

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

भाद्र २८, २०७८ सोमवार • १७:४०:०६ बजे
  • 2.6K
    SHARES
  • सर्वदलीय बैठक निष्कर्षविहीन

    दलहरुले प्रमुख प्रतिपक्षी नेकपा एमालेलाई सम्वादमा ल्याउन सभामुखलाई सुझाव दिएका छन् । संसदमा एमालेले लगातार नाराबाजी गरेपछि सभामुख अग्निप्रसाद सापकोटाले सोमबार संसदमा भएका दलका शीर्ष नेताहरुको बैठक बोलाएका थिए ।

    images

    बैठमा एमालेका नेताहरु उपस्थित नै भएनन् । एमाले नै अनुपस्थित भएपछि बैठक कुनै "निष्कर्ष"मा पुग्न सकेन । सभामुख सापकोटाले आफूले विहानसम्म पनि प्रयास गरेको, तर सम्भव नभएको बताए ।

    जोसँग सम्बन्धित थियो, उहाँहरु नै नआइदिनुभएको हुनाले कुनै "निष्कर्ष"मा पुग्न सकिँदैन भन्ने आयो । प्रतिपक्षलाई सम्वादमा ल्याएर सर्वदलीय बैठक बोलाउन आग्रह गरेका छौं’, बैठकपछि राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले भनिन् ।

    सभामुख र कानूनमन्त्रीले बैठकमा एमालेलाई बैठकमा बोलाउन गरिएको प्रयत्नबारे नेताहरूलाई ‘ब्रिफिङ’ गरेका थिए ।

    बैठकमा प्रधानमन्त्री एवं कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवा, माओवादी केन्द्रका पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एस) का माधवकुमार नेपाल, जसपाका नेता उपेन्द्र यादव, लोसपाका महन्थ ठाकुर, जनमोर्चाकी दुर्गा पौडेल, नेमकिपाका प्रेम सुवाल, राप्रपाका राजेन्द्र लिंदेनलगायत उपस्थित थिए ।

    कानूनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङसँग सोमबार विहान भएको सका नेताले सोमबारको बैठकमा नजान भनेका कारण आउन नसक्ने उनको भनाई छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology