Logo

सोमवार, कार्तिक १७ गते २०८३

images
images

प्रदेश इञ्चार्जकै रुपमा लेखराज भट्ट सुटुक्क कैलाली पुगे

प्रदेश इञ्चार्जकै रुपमा लेखराज भट्ट सुटुक्क कैलाली पुगे

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

भाद्र २८, २०७८ सोमवार • १८:३९:२३ बजे
  • 934
    SHARES
  • प्रदेश इञ्चार्जकै रुपमा लेखराज भट्ट सुटुक्क कैलाली पुगे

    नेकपा एमालेका सुदूरपश्चिम इञ्चार्ज लेखराज भट्ट सुटुक्क कैलाली पुगेका छन् ।

    images

    सुदूरपश्चिम प्रदेश इञ्चार्जको विषयलाई लिएर एमाले उपाध्यक्ष भीमबहादुर रावलसँग विवाद चलिरहेकै बेला भट्ट कैलाली पुगेका हुन् ।

    कैलाली पुगेका भट्टले गृह क्षेत्र गोदावरी नगरपालिका र गौरिगंगा नगरपालिकाका जनप्रतिनिधिसँग भेट गरेका छन् ।

    लेखराज भट्टका स्वकीय सचिव उद्धव भट्टराईले भोलि (मंगलबार) कञ्चनपुरको सुख्खा बन्दरगाहका बारेमा छलफल भएकाले सोही छलफलमा सहभागी हुन कैलाली आएको बताए ।

    यसैगरी बुधबार कैलालीको गेटामा निर्माणाधीन मेडिकल कलेजका बारेमा छलफल रहेको उनले बताए । ‘यहाँका विकासका सवालमा छलफल गर्न इञ्चार्जज्यू कैलाली आउनु भएको हो | 

    स्वकीय सचिव भट्टराईले भने, ‘दुई दिनसम्म यहाँका विकास निर्माणका काममा छलफल हुने छ ।’ स्वकीय सचिव भट्टराईले एमाले सुदूरपश्चिम प्रदेश इञ्चार्जकै रुपमा "लेखराज" कैलाली आएको दाबी गरे |

    भोलि एमालेको केन्द्रीय कमिटी बैठक छ,’ उनले भने, ‘सो बैठकले जिम्मेवारी हेरफेर गरे उहाँको भूमिका फेरिन सक्ला । तर अहिले इञ्चार्ज उहाँ नै हो, सुदूरपश्चिममा इञ्चार्जकै भूमिकामा आउनुभएको हो |

  • सम्बन्धित विषय:

  • # राजनीति
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology