Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

अमिताभलाई सम्पत्ति दान गर्न सुझाव, बोली बन्द हुनेगरि दिए जवाफ

अमिताभलाई सम्पत्ति दान गर्न सुझाव, बोली बन्द हुनेगरि दिए जवाफ

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण २३, २०७७ शुक्रवार • ०५:०८:२३ बजे
  • 1.7K
    SHARES
  • अमिताभलाई सम्पत्ति दान गर्न सुझाव, बोली बन्द हुनेगरि दिए जवाफ

    काठमाडौं । बलिउड महानायक अमिताभ बच्चन हालै कोरोना संक्रमणलाई जितेर घर फर्किएका छन् । अघिल्लो महिना उनी कोभिड-१९महामारीको शिकार भएका थिए । जुलाई ११ मा संक्रमण पुष्टि भएका बच्चन २३ दिन अस्पताल बसेपछि डिस्चार्ज भएका हुन् । उनीमुम्बईको नानावती अस्पतालमा उपचाररत थिए । 

    images

    अमिताभ अब पूर्ण रूपले ठिक भएका छन् भने उनी आफ्नो घर जलसाको क्वारन्टाइनमा रहेका छन्। नानावती अस्पतालमा भर्ना हुँदा, अमिताभले सामाजिक सञ्जालमा ट्रोलर र आलोचकहरूको सामना गर्नु परेको थियो। जसमा अभिनेताले पनि राम्रो जवाफ दिएकाथिए। तर यस बखत एक सोशल मिडिया प्रयोगकर्ताले उनको सम्पत्तीमाथि टिप्पणी गरेका छन्।

    एक सामाजिक सञ्जाल प्रयोगकर्ताले लेखेका छन् - 'किन तपाईं गरिबहरूलाई आफ्नो सम्पत्ती दान गर्नुहुन्न। म विश्वास गर्दछु कितपाईंको वालेटमा पर्याप्त प्रेम र भगवानको अनुग्रह छ। उदाहरण देखाउन आवश्यक छ । बोल्न सजिलो छ, तर एक उदाहरण बन्न बढीमहत्त्वपूर्ण छ।'

     

    अमिताभलाई यस कुराले नराम्ररी बिझ्यो र बोली बन्द हुनेगरि दिए जवाफ । उनले लेखे, 'लकडाउनको समयमा पाँच हजार व्यक्तिलाईदैनिक खाजा र बेलुकाको खाना खुवाइएको छ। मुम्बईबाट जाने बाह्र हजार  प्रवासी मजदुरहरूलाई जुत्ता र चप्पल दिइएको छ ।मजदुरहरूलाई बिहार र उत्तर प्रदेशसम्म पुग्न बसहरूको व्यवस्था गरिएको छ। २००९ मा, सम्पूर्ण रेल मजदुरहरूका लागि बुक गरिएकोथियो।'

    अमिताभ बच्चन अझै भन्छन्, "जब राजनीतिक कारणले रेललाई रद्द भयो, तब इन्डिगोको ६ विमानहरु मार्फत  १८० यात्रुहरुलाईउनीहरुको घर पुर्याइयो।आफ्नो खर्चमा १५,००० पीपीई किट्स र १०,००० मास्क दिइएको छ। दिल्लीमा सिख समुदायका अध्यक्षलाईचन्दा दिइएको छन् किनकि उनी निरन्तर गरीबहरुलाई खाना खुवाइरहेका छन्।

    यअघि एउटी महिलाले अमिताभलाई नानावती अस्पतालको विज्ञापन गरेको आरोप लगाएकी थिइन् । 'अमिताभले नानावतीअस्पतालको विज्ञापन गरिरहेछन्, जबकि अस्पतालले जनताको जीवनको वास्ता गर्दैन।' महिलाले अमिताभकोआलोचना गर्दै आफ्नोपोष्टमा लेखिन्, 'श्रीमान अमिताभ, यो वास्तवमै दुःखको कुरा हो कि तपाई अस्पतालको विज्ञापन गर्दै हुनुहुन्छ, जसलाई मानिसकोजीवनको वास्ता गर्दैन र पैसा कमाउन मात्र चाहन्छ। ' 

    अमिताभले पनि महिलालाई जवाफ फर्काएका छन्।

    अमिताभले आफ्नो सम्पत्ति छोरा अभिषेक र श्वतालाई बराबर बाढिदिने घोषणा गरिसकेका छन् । उनले ट्विटरमा लेखेका थिए,'जब ममर्नेछु र जे जे छोडेर जानेछु ती सबै मेरो छोरा र छोरी दुवैलाई बाडिनेछ ।'

    उनले  'कोन बनेगा करोडपति' को सेटमा भनेका थिए 'मैले पहिले पनि भनेको छु  र आज पनि भन्दैछु, जब हाम्रो मृत्यु हुनेछ तब जे जतिमेरो सम्पत्ति छ, जे पनि धेर थोर छ  त्यो मेरो सन्तान, एउटा छोरा र एउटी छोरीलाई आधा आधा  बाडिनेछ । दुबै बराबार मिल्नेछ । चाहे जेहोस ।'

    अमिताभ र जया बच्चनको जम्मा सम्पत्ति १०.०१ अर्ब रहेको छ ।  जुन १००० करोड भन्दा बढी हो। यति मात्र होईन, दुबैको घर र धेरैशहरहरूमा सम्पत्तीहरू छन्।

    अमिताभ र जयाको हाल  ४६०  करोड रुपैयाँ भन्दा बढीको अचल र ५४० करोडको चल सम्पत्ति रहेको छ । यस बाहेक दुबैको लन्डन, फ्रान्स, दुबई, पेरिस लगायत भारत र विदेशमा १९ बैंकमा खाता छ। दुबैसँग ६२ करोडको गहना रहेको छ।
    स्रोत hamrokura.com

  • सम्बन्धित विषय:

  • # मनाेरञ्जन
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology