Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

माधव नेपाललाई जनताको साथ छैन ,हामी संग मात्रै छन अब वडा सदस्य पनि जित्दैनन् :ओली

माधव नेपाललाई जनताको साथ छैन ,हामी संग मात्रै छन अब वडा सदस्य पनि जित्दैनन् :ओली

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

भाद्र २९, २०७८ मंगलवार • १५:५३:२० बजे
  • 1.7K
    SHARES
  • माधव नेपाललाई जनताको साथ छैन ,हामी संग मात्रै छन अब वडा सदस्य पनि जित्दैनन् :ओली

     नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’लाई साथ दिनेहरु दिनहुँ माओवादीबाट अलग भइरहेको बताएका छन् ।

    images

    मंगलबार गृहजिल्ला झापामा जिल्ला स्तरीय अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । “प्रचण्डजीले सही कुरा मुखबाट प्वाक्क निकाल्नुभएछ ।

    हामीले त वडामा पनि जित्न हम्महम्मे पर्ला जस्तो हुन्छ पो भन्नुभएछ । उहाँले चुनावअघि नै राम्ररी कुरा बुझेको देखेर मलाई खुसी लाग्यो,” ओलीले भने । उनले माधवकुमार नेपालको पार्टीले चुनावमा वडा सदस्यसमेत नजित्ने बताए ।

    “माधव नेपालले वडा त के, वडा सदस्य पनि जित्दैनन् । माधव नेपाललाई जनताले भोट हाल्छन् अब ? किन हाल्ने, एमाले फुटाएको हुनाले ? एमाले टुक्रयाएको हुनाले ? चोइट्याएको हुनाले ? के कारणले माधव नेपाललाई भोट हाल्ने ?,” माधव नेपाललाई जनताको साथ छैन,ओलीको प्रश्न थियो ।

    माधव नेपालले अर्को पार्टी बनाउनका लागि पार्टी विभाजन नगरेको बताए । उनले एमाले फुटाउन मात्रै खोजेको उनको भनाइ थियो ।

    "प्रचण्ड नेपालको राजनीतिबाट एक्लिँदै हुनुहुन्छ,महेश बस्नेत"

    प्रमुख प्रतिपक्षी नेकपा (एमाले) केन्द्रीय सदस्य महेश बस्नेतले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपालको राजनीतिबाट एक्लो हुँदै गइरहेको बताएका छन् ।

    एमाले जिल्ला कमिटी अर्घाखाँचीको बृहत् कार्यक्रता भेलालाई मंगलबार सम्बोधन गर्दै बस्नेतले अब प्रचण्डको च्याखे राजनीति नचल्ने दाबी गरे । “अस्ति प्रचण्डले म एक्लो हुँदैछु भन्नुभएछ ।

    माओलाई श्रीमतीले समेत अन्तिममा साथ नदिएको, लेनिनले पनि साथ नपाएको के के भन्नुभएछ,” उनले भने, “उहाँले सही भन्नुभएछ । प्रचण्ड कमरेड नेपालको राजनीतिबाट एक्लै हुँदै हुनुहुन्छ ।

    उहाँको च्याखे राजनीति अब नेपालमा चल्नेवाला छैन ।” बस्नेतले प्रचण्ड जता फाइदा देख्यो त्यतै लाग्ने गरेको आरोप लगाए । “०७० को चुनावमा कांग्रेसतिर लाग्नुभयो ।

    वामपन्थी हराउन महत्वपूर्ण भूमिका खेल्नुभयो,” उनले भने, “०७४ को चुनावमा कांग्रेसतिर च्याखे दाउ लागेन भनेर केपी ओलीतिर लाग्नुभयो ।

    एमालेतिर आउनुभयो ।” बस्नेतले मदन भण्डारीको निधनपछि माधव नेपालले एमालेलाई कमजोर बनाएको आरोप पनि लगाए ।“माधव नेपाल उकालो चढ्यो । एमाले ओरालो लाग्यो । हात्तीजत्रो एमालेलाई बोकोमात्र बनाए,” बस्नेतले भने ।

    "प्रचण्डप्रति ओलीको कटाक्ष"

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ धोकेबाज नेता रहेको बताएका छन् । झापा जिल्ला कमिटीले मंगलबार विर्तामोडमा आयोजना गरेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै एमाले अध्यक्ष ओलीले प्रचण्डको चर्को आलोचना गरेका छन् ।

    ‘उहाँ एउटा असल काका हो, असल ससुरो तर धोकेबाज नेता हो’, उनले भने, राम्रो सम्धि, राम्रो ससुरो, राम्रो ज्वाइँ, राम्रो बाँ, राम्रो काका। बेइमान नेता ।’ उनले भने, उहाँ सबै हिसावले राम्रो हुनुहुन्छ एउटा मात्रै खराबी छ, छट्टु नेता धोकेबाज नेता ।

    कार्यकर्तालाई छक्याएर, मराएर अनि तीनको रगतमाथि आफ्नो राजनीतिक दुनो सोझो पारिहाल्ने ।’ यस्तै ओलीले माधव नेपालले चुनावमा वडा अध्यक्ष पनि नजित्ने टिप्पणी गरेका छन् ।

    कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले जनताले माधव नेपाललाई किन भोट दिने भन्दै प्रश्न गरे । प्रचण्डले आफूहरुले वडामा पनि जित्न हम्मेहम्मे पर्ला जस्तो छ भनेको भन्दै ओलीले खुसी लागेको बताए ।

    उहाँले चुनावभन्दा अगाडि नै राम्ररी कुरा बुझेको देखेर मलाई खुसी लाग्यो’, उनले भने । माधव नेपालले अर्को पार्टी बनाउनका लागि पार्टी विभाजन नगरेको बताए । उनले एमाले फुटाउन मात्रै खोजेको ओलीको भनाइ छ ।

    उनले माधव नेपाललाई कमरेड नभन्न समेत आग्रह गरे । उनले पनतको बाटो रोजेको भन्दै एमाले अध्यक्ष ओलीले भने, ‘अब कमरेड माधव नेपाल होइन, एमाले विरोध माधव नेपाल ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology