Logo

सोमवार, कार्तिक १७ गते २०८३

images
images

पार्टीभित्र आन्तरिक निर्वाचन गर्ने माओवादीको तयारी

पार्टीभित्र आन्तरिक निर्वाचन गर्ने माओवादीको तयारी

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

भाद्र २९, २०७८ मंगलवार • १९:०९:१५ बजे
  • 931
    SHARES
  • पार्टीभित्र आन्तरिक निर्वाचन गर्ने माओवादीको तयारी

    "नेकपा माओवादी केन्द्र"ले प्रदेश समितिहरुको पदाधिकारी बारे अझै निर्णय गर्न सकेको छैन ।

    images

    आज बसेको स्थायी सतिति बैठकमा पनि माओवादीले प्रदेश पदाधिकारीको विषयमा कुनै निर्णय गर्न नसकेको प्रवक्ता कृष्ण बहादुर महराले जानकारी दिए । आज बसेको स्थायी समिति बैठकले निर्वाचन आयोग समिति गठन गरेको छ ।

    पार्टीभित्रको निर्वाचन गर्ने प्रयोजनका लागि पार्टीले निर्वाचन आयोग गठन गरेको हो । बिष्णुपुकारद श्रेष्ठको संयोजकत्वमा २२ सदस्य रहेको समिति गठन गरेको पवक्ता महराले जनाकारी दिए ।

    बैठकले पार्टीको स्थानीयदेखि केन्द्रसम्म निर्वाचन गराउन नियमावली र निर्देशिका बनाउने जिम्मा आयोगलाई दिएको छ । त्यस्तै पार्टीको विधानपनि परिमाजैन गरेर पेश गर्नेगरि पारित गरेको छ ।

    विद्यानमा केही थपघट र परिमार्जन भएको महराले बताए ।

    यसमा अझ थपघट गर्नुपर्ने भए आगामी केन्द्रीय समिति वा "राष्ट्रिय भेला'ले अनुमोदन गर्ने गरि स्थायी समितिले पारित गरेको छ ।

     

  • सम्बन्धित विषय:

  • # राजनीति
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology