Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

त्रिभुवन विमानस्थलमा चेकजाँच गर्ने क्रममा ठूलो परिणाममा सुन बरामद

त्रिभुवन विमानस्थलमा चेकजाँच गर्ने क्रममा ठूलो परिणाममा सुन बरामद

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

भाद्र ३०, २०७८ बुधवार • १०:००:१३ बजे
  • 856
    SHARES
  • त्रिभुवन विमानस्थलमा चेकजाँच गर्ने क्रममा ठूलो परिणाममा सुन बरामद

    त्रिभुवन विमानस्थलमा काठमाण्डौंबाट बिराटनगर जान लागेका यात्रुहरूको लगेजमा दुई करोड बढीको सुनको गहना फेला परेकाे छ ।

    images

    ती सामान बरामद गरेको छ भने लगेज धनीलाई प्रहरीले पक्राउ गरेकाे छ ।

    भदौ २८ गते बिहान ०८:३० बजे "श्री एयरलाइन्स"को उडान नं. SHA731 मा काठमाण्डौंबाट बिराटनगर जान लागेका यात्रुहरूको ब्यागेज एरियाको X-ray Machine मा चेकजाँच गर्ने क्रममा ठूलो परिणाममा सुन बरामद गरिएको हो ।

    पक्राउ पर्नेमा कैलाली बदगोरिया गा.पा.वडा नं. १ स्थायी घर भएका ३० वर्षीय बोधराज भण्डारी र धनुषाको जनकपुर उ.म.न.पा. वडा नं. २ घर भएका ४७ वर्षका मुरारी राज अधिकारी रहेका छन् ।

    उनीहरूकाे ब्यागेजमा ती गहनाहरू फेला परेको प्रहरीले जनाएको छ । राज भण्डारीको साथबाट मूल्य रु.३६,६४,२२५ बराबरको ५१५ ग्राम तौलको २२ क्यारेटको गरगहनाहरुको र मुरारी राज अधिकारीको २४ क्यारेटको ५९७ ग्राम (मूल्य रु.४६,३७, १९७/-), २२ क्यारेटको १५५२ ग्राम (मूल्य रु. १,१०,४२, ४८०/-) र पत्थर जडित १४ क्यारेटको गरगहना तौल ६९६ ग्राम (मूल्य रु.३१, ४८, ४९५/-) गरी सुनका गरगहनाहरू फेला परेको बताइएको छ ।

    सबै गहनाको कुल जम्मा तौल ३३६० ग्राम र मूल्य दुई करोड चौबीस लाख बयानब्बे हजार तीन सय सन्तानब्बे रुपैयाँ रहेको छ ।

    गहनाहरु प्रमाणित, नापतौल र मुल्याङ्कनको लागि काठमाण्डौं सुनचाँदी व्यवसायी संघ, क्षेत्रपाटी, काठमाण्डौं पठाइएको थियो ।

    उनीहरुलाई आवश्यक अनुसन्धान एवं कानूनी कारबाहीको लागि राजश्व अनुसन्धान विभाग, हरिहरभवन, पुल्चोक, ललितपुर पठाइएको छ ।

  • सम्बन्धित विषय:

  • # सुन बरामद
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology