पोखरा । पूर्व मुख्यमन्त्री शंकर पोखरेलका विरुद्ध अ’पहरण तथा शरीर ब’न्धकसम्बन्धी किटानी जाहेरी परेको छ ।
प्रदेश सभा सदस्य बिमला वली खत्रीले पोखरेल सहित एमालेका प्रमुख सचेतक भूमिश्वर ढकाल, पोखरेलको सचिवालयका तिरण गौतम र एमाले दाङका नेता मानबहादुर रावत विरुद्ध हदैसम्मको कारबाहीको माग गर्दै किटानी जाहेरी दिएकी हुन ।
गत साउन १५ गते देखि ५ दिन सम्म पोखरेल मुख्यमन्त्री हुँदा दाङबाट ल्याएर ब’न्धक बनाएकोले श’रीर ब’न्धकसम्बन्धी कानुन अनुसार कारबाहीको माग गर्दै वली खत्रीले किटानी जाहेरी दिएकी हुन ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी नायव उपरीक्षक सत्यनारायण थापाले प्रदेश सभा सदस्य ओलीले किटानी जाहेरीका लागि पत्र बुझाएको पुष्टी गरेका छन ।
तर प्रहरीले भने घटना दाङबाट सुरु भएकाले दाङमै जाहेरी दर्ता गर्ने प्रतिबद्धता सहितको पत्र दिइएको इलाका प्रहरी कार्यालय बुटवलका डीएसपी मदन कुँवरले बताए । तर, दाङ प्रहरीले भने उजुरी आइनसकेको बताएको छ ।
सांसद ओली र माओवादी केन्द्रका प्रमुख सचेतक बसन्त घर्तिमगर जाहेरी लिएर इलाका प्रहरी कार्यालय बुटवल पुगेका थिए ।
उजुरी अनुसार कसुर ठहर भएमा पोखरेल सहित ४ जनालाई ७ देखि १० वर्ष कैद र ७० हजार देखि १ लाख रुपैयाँ सम्म जरिबाना हुने मुलुकी अपराध संहिता २०७४ मा उल्लेख छ ।
यो समाचार भवानी प्रसाद पाण्डेले उज्यालो अनलाइनमा लेखेका छन ।