Logo

मंगलवार, कार्तिक १८ गते २०८३

images
images

शङ्कर पोखरेलविरुद्ध विमला वलीले दिएको जाहेरी प्रहरीले दर्ता गर्न, आलटाल गरेको माओवादी केन्द्रको आरोप

शङ्कर पोखरेलविरुद्ध विमला वलीले दिएको जाहेरी प्रहरीले दर्ता गर्न, आलटाल गरेको माओवादी केन्द्रको आरोप

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

भाद्र ३०, २०७८ बुधवार • १३:०२:०२ बजे
  • 1.1K
    SHARES
  • शङ्कर पोखरेलविरुद्ध विमला वलीले दिएको जाहेरी प्रहरीले  दर्ता गर्न, आलटाल गरेको माओवादी केन्द्रको आरोप

    लुम्बिनी प्रदेशका निवर्तमान मुख्यमन्त्री शंकर पोखरेलसहित चार जनाविरुद्ध सांसद विमला वली खत्रीले दिएको किटानी जाहेरी प्रहरील दर्ता गर्न आलटाल गरेको माओवादी केन्द्रले आरोप लगाएको छ ।

    images

    साउन १५ गतेदेखि ५ दिनसम्म पोखरेल मुख्यमन्त्री रहँदा दाङबाट ल्याएर बुटवलमा आफूलाई बन्धक बनाएको भन्दै सांसद वलीले किटानी जाहेरी दिएकी थिइन् ।

    प्रहरीले आलटाल गर्दै दर्ता नगरेको आरोप लुम्बिनी प्रदेशका माओवादी केन्द्रका मुख्य सचेतक तुलाराम घर्तीले बताए । दाङ रिफर गर्नुपर्ने भन्दै इलाका प्रहरी कार्यालय बुटवलले आलटाल गरेको उनको भनाइ छ ।

    प्रहरीले जाहेर दर्ता समेत गर्न नमानेको बताएको मुख्य सचेतक घर्तीको भनाइ छ । अपहरण तथा शरीर बन्धक सम्बन्धी कानुनअनुसार पोखरेलसहित ४ जनालाई कारबाहीको माग गर्दै दुई दिनअघि वलीले प्रहरीसमक्ष किटानी जाहेरी दिएकी थिइन् ।

    यो पनि ... "संवैधानिक इजलास बस्दै"

    सर्वोच्च अदालतको संवैधानिक इजलास आज बस्दै छ । संवैधानिक नियुक्तिसम्बन्धी मुद्दामा प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा बस्ने कि नबस्ने विवाद भएर सर्वोच्चको अन्तरिम आदेशबाटै सुनुवाइ रोकिएका बेला अन्य मुद्दाहरु हेर्न आज नियमित रुपमा संवैधानिक इजलास बस्न लागेको हो ।

    सर्वोच्चमा बुधवार र शुक्रवार संवैधानिक इजलास बस्ने गर्छ ।

    प्रधानन्यायाधीश जबराको नेतृत्वमा न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खडका, हरिकृष्ण कार्की, ईश्वरप्रसाद खतिवडा सम्मिलित आजको इजलासमा १० वटा मुद्दा पेसीमा चढेको छ ।

    जसमा ७ वटा त मन्त्रिपरिषद् तथा प्रधानमन्त्री कार्यालयविरुद्धका उत्प्रेषण मुद्दा छन् । अधिवक्ताहरु महेशकुमार श्रेष्ठ, मणिराम निरौला, अच्युतप्रसाद खरेल, मञ्जु सुवेदी, ले प्रधानमन्त्री कार्यालयलाई विपक्षी बनाएर मुद्दा दायर गरेका छन् ।

    त्यसैगरी प्रभुनारायण ठाकुर, नेपाल श्रमिक आपूर्तिकर्ता संघको तर्फबाट अध्यक्ष रामेश्‍वर साह, जिफोरएस सेक्यूरिटी सर्भिसेज नेपालबाट तर्कराज भट्‍टले प्रधानमन्त्री कार्यालयविरुद्ध मुद्दा दायर गरेका छन् ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology