Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

१७ वर्षपछि पहिलोपटक भारतबाट वीरगन्ज आयो निजी कम्पनीको रेल

१७ वर्षपछि पहिलोपटक भारतबाट वीरगन्ज आयो निजी कम्पनीको रेल

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

भाद्र ३०, २०७८ बुधवार • १३:१९:५४ बजे
  • 1.0K
    SHARES
  • १७ वर्षपछि पहिलोपटक भारतबाट वीरगन्ज आयो निजी कम्पनीको रेल

    भारतबाट ९० वटा कन्टेनर सामान लिएर हिम्ड टर्मिनल प्रा.लि.को कार्गो रेल वीरगन्ज आइपुगेको छ ।

    images

    बुधबार बिहान १० बजे वीरगञ्जस्थित सुख्खा बन्दरगाह आइपुगेको नेपाल इन्टरमोडल यातायात विकास समितिले जनाएको छ ।

    समितिका अनुसार भारतको हल्दियाबाट एक र्याकको कार्गो रेल २० फिट अग्लो र ९० वटा कन्टेनर सामान लिएर आएको छ।

    नेपाल-भारत रेल सेवा सुरुआत भएको १७ वर्षपछि पहिलोपटक भारतबाट निजी क्षेत्रको कार्गो रेल आइपुगेको छ । असार २५ गते नेपाल–भारतबीच विद्यमान रेलसेवा सम्झौतामा संशोधन भएको थियो ।

    यससँगै निजी कार्गो रेल नेपाल ल्याउने बाटो खुलेको थियो। सन् २००४ मा भएको नेपाल–भारत रेलसेवा सम्झौता संशोधनको लागि नेपालले सन् २००९ देखि माग राख्दै आएको थियो।

    यो वर्ष सम्झौता संशोधनमा भारत सहमत भएपछि निजी क्षेत्रको कार्गो रेल नेपाल आएको हो।

  • सम्बन्धित विषय:

  • # निजी कम्पनीको रेल
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology