Logo

सोमवार, कार्तिक १७ गते २०८३

images
images

एमालेको विधान महाधिवेशनको लोगो सार्वजनिक

एमालेको विधान महाधिवेशनको लोगो सार्वजनिक

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

भाद्र ३०, २०७८ बुधवार • १४:३०:२६ बजे
  • 868
    SHARES
  • एमालेको विधान महाधिवेशनको लोगो सार्वजनिक

    नेकपा (एमाले)ले विधान महाधिवेशनको लोगो जारी गरेको छ । आगामी १५–१७ असोजमा ललितपुरको गोदावरीस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा एमालेको पहिलो विधान महाधिवेशन आयोजना हुँदै छ ।

    images

    एमालेले बुधबार दिउँसो सामाजिक सञ्जालमार्फत विधान महाधिवेशनको लोगो सार्वजनिक गरेको हो । एमालेले विधान महाधिवेशनमा भाग लिने प्रतिनिधिको टुंगो लगाएको छ ।

    स्थायी कमिटीको शनिबार बसेको बैठकले करिब तीन हजार प्रतिनिधिको टुंगो लगाएको हो ।

    विधान महाधिवेशनमा भाग लिन पाउने प्रतिनिधिमा केन्द्रीय कमिटीका पदाधिकारी र सदस्य, अनुशासन आयोगका पदाधिकारी र सदस्य, लेखा परीक्षण आयोगका पदाधिकारी र सदस्य, निर्वाचन आयोगका पदाधिकारी र सदस्य, केन्द्रीय विभागका सचिवसहित १५ सदस्य, सल्लाहकार परिषदका पदाधिकारी र सदस्य, जेष्ठ कम्युनिस्ट मञ्चका पदाधिकारी र सदस्य, प्रदेश र सो सरहका कमिटीका पदाधिकारी र सदस्य, विशेष कमिटीका पदाधिकारी र सदस्य, जिल्ला कमिटीका पदाधिकारी र सदस्य, निर्वाचन क्षेत्रबाट महिला, दलित खुला एक सदस्य, जनसंगठनका पदाधिकारीमध्येबाट १० जना, पार्टी सदस्य रहेका संघीय संसदका सदस्य, पार्टी सदस्य रहेका प्रदेशसभा सदस्य, एमालेबाट निर्वाचित स्थानीय तहका प्रमुख र उपप्रमुख, एकता प्रक्रिया र विभिन्न ठाउँबाट छुटेका १० प्रतिशत मनोनीत रहनेछन् ।.

    "सरकारले देशलाई बन्धक बनायो : नेम्वाङ"

    नेकपा (एमाले) संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले परमादेशबाट आएको शेरबहादुर देउवा सरकारले देशलाई बन्धक बनाएको आरोप लगाएका छन् ।

    बुधबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै नेम्बाङले जनताबाट आएको सरकारले मात्रै जनताका समस्या बुझ्ने, परामादेशबाट आएको सरकारले नबुझने दाबी गरे ।

    नेम्वाङले सभामुख सबैको नेता हुन नसकेकोसमेत आरोप लगाए । उनले संसद् अवरुद्ध राखिराख्नेसमेत बताए । ‘अदालतले गलत कुरालाई टेकेर गलत निर्णय गर्न थालेजस्तो हामीलाई लाग्न थालेको छ,’ नेम्वाङले भने, ‘तर पनि सर्वोच्च अदालतको आदेशलाई हामी सम्मान गर्छौँ ।

    नेता नेम्वाङ उदपयपुर जिल्ला कमिटीले आयोजना गरेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्न आएका हुन् ।

    "बैतडीमा एमाले कार्यकर्ता भेला"

    नेकपा (एमाले) बैतडीले अगुवा कार्यकर्ता प्रशिक्षण तथा भेलामार्फत संगठित सदस्य १५ हजार पुर्‍याउने गरी कार्यक्रम जारी राखेको छ ।

    गत एक महिना यता सुरू भएको अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रममार्फत संगठित सदस्य दोब्बरले वृद्धि गर्ने एमाले बैतडीको योजना छ ।

    अन्तिम चरणमा पुगेको अगुवा कार्यकर्ता प्रशिक्षण तथा भेला कार्यक्रममार्फत आठ हजारले वृद्धि गरेर संगठित सदस्य १५ हजार पुर्‍याउने उद्देश्य राखेको एमाले बैतडीका जिल्ला सचिवालय सदस्य लोकेन्द्र भण्डारीले बताए ।

    ६ कात्तिकमा वडा कमिटीको अधिवेशन र ९ गते हुने पालिका कमिटीको अधिवेशनलाई लक्षित गरी कार्यक्रम आयोजना गरिएको उनले जानकारी दिए ।

    निस्क्रिय अवस्थामा रहेका वडा र पालिकाका अधिकांश सदस्यहरूलाई सक्रिय गराई संगठन विस्तार गरिरहेको पार्टीका जिल्ला कमिटि सदस्य तथा मेलौली नगरपालिका–५ का वडाअध्यक्ष बलभद्र दयालले बताए ।

    आगामी १५–१७ असोजमा नेकपा एमालेको विधान अधिवेशन हुने छ भने मंसिरमा महाधिवेशन हुँदै छ ।

  • सम्बन्धित विषय:

  • # राजनीति
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology