Logo

सोमवार, कार्तिक १७ गते २०८३

images
images

नेकपा (एकिकृत समाजबादी) म्याग्दी कृष्ण विश्वकर्माको अध्यक्षतामा ६१ सदस्यीय जिल्ला कमिटी घोषणा

नेकपा (एकिकृत समाजबादी) म्याग्दी कृष्ण विश्वकर्माको अध्यक्षतामा ६१ सदस्यीय जिल्ला कमिटी घोषणा

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

भाद्र ३०, २०७८ बुधवार • १७:११:०२ बजे
  • 1.3K
    SHARES
  • नेकपा (एकिकृत समाजबादी) म्याग्दी कृष्ण विश्वकर्माको अध्यक्षतामा ६१ सदस्यीय जिल्ला कमिटी घोषणा

    नेपाल कम्युनिष्ट पार्टी ( एकिकृत समाजबादी ) म्याग्दीको अध्यक्षमा युवा नेता कृष्ण कुमार बिश्वकर्मा चयन हुनुभएको छ । बुधबार म्याग्दी सदरमुकाम बेनीमा आयोजित जिल्ला भेला तथा कमिटि घोषणा कार्यक्रमबाट बिश्वकर्मा अध्यक्षमा चयन हुनुभएको हो ।

    images

    युवा संघको केन्द्रिय राजनीतिमा समेत सक्रिय रहनुभएका विश्वकर्मा बेनी नगर कार्यपालिकाको सदस्य समेत हुनुहुन्छ ।भेलाले जिल्ला कमिटिको उपाध्यक्षमा हेमराज शर्मा, सचिबमा दुर्गा कार्की, उप सचिबमा जिबन सापकोटा लाई चयन गरेको छ ।

    ६१ सदस्यीय जिल्ला कमिटिमा केही पदाधिकारी र सदस्यहरु पछि मनोनयन गरिने नबनिर्बाचित सचिब दुर्गा कार्कीले जानकारी दिनुभयो ।

    भेलालाई सम्बोधन गर्दै नेकपा एकिकृत समाजबादीका केन्द्रिय सदस्य चुडामणी जंगलीले सर्बहारा र श्रमजिबी बर्गको उत्थान गर्ने वास्तबिक कम्युनिष्ट पार्टी एकिकृत समाजबादी पार्टी नै भएको बताउनुभयो ।

    नेतृत्वमा मिल्न सक्ने, मिलाउन सक्ने, योजना बनाउन सक्ने, योजनाको कार्यान्वयन गर्न सक्ने र गल्ती भएमा आत्मालोचना गर्ने सक्ने पाँचवटा गुणहरु हुनुपर्ने भन्दै एमाले अध्यक्ष केपी ओली संग यिनै गुणहरु नहुँदा एमाले बिभाजन भइ आफुहरुले नयाँ पार्टी निर्माण गरेको बताउनुभयो ।

    जंगलीले जनताको बहुदलीय जनबादलाई आत्मसाथ गर्दै नेपालको बिशेषतामा आधारित समाजबाद निर्माण गर्ने मुख्य एजेन्डा लिएर पार्टीलाई अगाडि बढाएको भन्दै लोक कल्याणकारी राज्यको अबधारणा अनुसार काम गर्ने बताउनुभयो ।

    त्यसैगरि एकिकृत समाजबादी पार्टीका गण्डकी प्रदेश कमिटि सचिब प्रतापलाल श्रेष्ठले केपी ओलीले संसद बिघटन गर्दा बिरोध गर्दै बिपक्षमा उभिएका नेताहरु अहिले एमालेमै रहँदा आफुहरुलाई ठुलो घात भएको बताउनुभयो ।

    कार्यक्रममा केन्द्रिय सदस्य रामजी प्रसाद शर्मा, केन्द्रिय उद्योग बिभागका सदस्य याम श्रेष्ठ, जिल्लाका अग्रज नेता अमर बानीयाँले मन्तब्य ब्यक्त गर्नु भएको थियो ।

    भेला आयोजक कमिटिका संयोजक देउ प्रसाद छन्त्यालको अध्यक्षता, कृष्ण कुमार बिश्वकर्माको स्वागत र रुद्र किसानको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो । "तस्वीर सामाजिक संजाल"म्याग्दीअनलाई

  • सम्बन्धित विषय:

  • # राजनीति
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology