Logo

सोमवार, कार्तिक १७ गते २०८३

images
images

सुखी नेपाली समृद्ध नेपालको राष्ट्रिय आकांक्षा कम्युनिस्ट पार्टीले मात्र पूरा गर्छ:ओली

सुखी नेपाली समृद्ध नेपालको राष्ट्रिय आकांक्षा कम्युनिस्ट पार्टीले मात्र पूरा गर्छ:ओली

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

भाद्र ३०, २०७८ बुधवार • १७:४६:५६ बजे
  • 565
    SHARES
  • सुखी नेपाली समृद्ध नेपालको राष्ट्रिय आकांक्षा कम्युनिस्ट पार्टीले मात्र पूरा गर्छ:ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सुखी नेपाली समृद्ध नेपालको राष्ट्रिय आकांक्षा पूरा गर्न कम्युनिस्ट पार्टीले मात्रै सक्ने दाबी गरेका छन् ।.

    images

    बुटवलमा बुधबार आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले भने, सुखी नेपाली समृद्ध नेपालको राष्ट्रिय आकांक्षा कम्युनिस्ट पार्टीले मात्र पूरा गर्छ ।

    कम्युनिस्ट पार्टीबाट देशलाई तीव्र विकासको बाटोमा अघि बढाउन, सुशासन र विकासको माध्यमबाट अघि बढाउन, समृद्धि हासिल गराउन सम्भव छ ।

    ओलीले कम्युनिस्ट पार्टीले मात्र विकसित नेपालमा रुपान्तरित गर्न सक्छ भन्ने कुरा पुष्टि भएको जिकिर गरे । गरिबी, पछौटेपन, अशिक्षा र बेरोजगारीजस्ता कुरा हटाउन, देशलाई पूर्वाधारहरुको विकास गर्दै आधुनिक विकसित नेपालमा रुपान्तरित गर्न ।

    कम्युनिस्ट पार्टीले मात्र गर्न भन्ने कुरा केही वर्षयता झन् प्रष्ट देखियो, उनले भने, यो देशको सार्वभौमसत्ता, स्वाधीनता, गर्वका साथ कुनै पनि देशसँग बराबरी सम्बन्ध राख्ने, राष्ट्रिय हितको संरक्षण गर्न, गुमेको भूभाग फिर्ता लिन कम्युनिस्टबाहेक कसैले सक्दैन भन्ने देखिएको छ ।

    एमालेले बाटो, पुल बनाउनेमात्र होइन सुरुङ केबलकारको युगमा नेपाललाई प्रवेश गराएको ओलीको दाबी थियो । दुनियाँका पर्यटकहरु भैरहवामा झर्छन्, लुम्बिनी हेर्छन् ।

    पर्यटक खुसी हुने खालका होटलहरु बनाउनुस्, उनले भने । कार्यकर्ता भेलामा ओलीले एमाले पार्टी कब्जा गर्न, ध्वस्त पार्न, त्यो पनि नसके प्रतिक्रियावादीको पाउमा चढाउन माधव नेपालहरुले खोजेको भन्दै नेता कार्यकर्तालाई तपाईहरुले बचाउनुभयो सलाम छ भनेका थिए ।

  • सम्बन्धित विषय:

  • # राजनीति
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology