Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

प्रदेश नं १ मा मन्त्रिमण्डल विस्तार, दुई मन्त्री र तीन राज्यमन्त्री थप

प्रदेश नं १ मा मन्त्रिमण्डल विस्तार, दुई मन्त्री र तीन राज्यमन्त्री थप

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

भाद्र ३०, २०७८ बुधवार • २०:३८:३९ बजे
  • 727
    SHARES
  • प्रदेश नं १  मा मन्त्रिमण्डल विस्तार, दुई मन्त्री र तीन राज्यमन्त्री थप

    माेरङ । प्रदेश नं १ का मुख्यमन्त्री भीमप्रसाद आचार्यले आज बुधवार मन्त्रिमण्डल विस्तार गरेका छन । विस्तारित गरिएको मन्त्रिमण्डलमा दुई मन्त्री र तीन राज्यमन्त्री थप गरिएको छ ।

    images

     

    नवनियुक्त मन्त्रीमा आर्थिक मामिला तथा योजना मन्त्रीमा तुलसीप्रसाद न्यौपाने, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रीमा हिराकुमार थापा हुनुहुन्छ ।

    उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्रीमा उत्तमकुमार बस्नेत, भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्रीमा ज्ञानेश्वर राजवंशी र आन्तरिक मामिला तथा कानन राज्यमन्त्रीमा लीलावल्लभ अधिकारीलाई नियुक्ति गरिएको छ ।

    प्रदेश नं १ का प्रमुख सोमनाथ अधिकारी प्यासीले आज बेलुका मुख्यमन्त्री भीमप्रसाद आचार्यको सिफारिसमा नियुक्त मन्त्री न्यौपाने र थापालाई पद तथा गोपनीयताको शपथ गराउनुभयो ।

    प्रदेश प्रमुख अधिकारीले नेपालको संविधानको धारा १६८ को उपधारा (९) अनुसार शपथ गराउनुभएको हो ।

    यसैगरी मुख्यमन्त्री आचार्यले राज्यमन्त्री बस्नेत, राजवंशी र अधिकारीलाई पद तथा गोपनीयताको शपथ गराउनुभयो ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology