पोखरा । गृह मन्त्रालयले विभिन्न जिल्लाका १६ प्रमुख जिल्ला अधिकारी (सीडीओ) सरुवा गरेको छ । मन्त्रालयले सीडीओको काज सरुवा गरेको प्रवक्ता सहसचिव फणिन्द्रमणि पोखरेलले जानकारी दिए ।
गृह मन्त्रालयका घनश्याम उपाध्यायलाई गृह मन्त्रालयबाट ललितपुरका प्रजिअ, रुद्रादेवी शर्मालाई गुल्मी प्रजिअबाट भक्तपुर प्रजिअमा, पुण्यविक्रम पौडेललाई गृह मन्त्रालयबाट गुल्मी जिल्लाको प्रजिअ, शंकरहरि आचार्यलाई गृह मन्त्रालयबाट गोरखाको प्रजिअमा, काशीराज दाहाललाई गृह मन्त्रालयबाट मोरङको प्रजिअमा सरुवा गरिएको छ ।
यस्तै, कोषहरि निरौलालाई मोरङ प्रजिअबाट गृह मन्त्रालयमा, दीपककुमार पहाडीलाई गृह मन्त्रालयबाट रामेछाप प्रजिअमा, नुरहरि खतिवडालाई गृहबाट संखुवासभा प्रजिअमा, टेकनारायण पौडेललाई संखुवासभा प्रजिअबाट गृहमा सरुवा गरिएको छ ।
यसै गरी टेकराज निरौलालाई गृहबाट दोलखा प्रजिअमा, वासुदेव घिमिरेलाई दोलखा प्रजिअबाट गृहमा, ढुण्डप्रसाद निरौलालाई ललितपुर प्रजिअबाट गृह मन्त्रालय, आस्मान तामाङलाई रूपन्देही प्रजिअबाट चितवन प्रजिअमा, कृष्णप्रसाद लम्साललाई गृहबाट धादिङ प्रजिअमा, वीरेन्द्रकुमार यादवलाई गृहबाट उदयपुर प्रजिअमा र ऋषिराम तिवारीलाई गृहबाट रूपन्देही प्रजिअमा सरुवा गरिएको छ । को कहाँ सरुवा ?