नेकपा (माओवादी केन्द्र) निकट नेपाल दलित मुक्ती मोर्चा म्याग्दीले सबै स्थानीय तहमा सम्मेलन गर्ने जानकारी दिएको छ । बुधवार बेनीमा सम्पन्न मोर्चाको विस्तारित बैठकले १ नगरपालिका र ५ वटै गाउँपालिकामा मोर्चाको भेला तथा सम्मेलन गर्ने निर्णय गरेको हो ।
बैठकले मोर्चाको सम्मेलनलाई सफल बनाउनका लागि किसान विकको संयोजक , कमल किसान र बिरबहादुर विक सदस्य रहेको आर्थिक कमिटी समेत गठन गरिएको छ ।

विस्तारित बैठकमा बोल्दै माओवादी केन्द्र म्याग्दीका इन्चार्ज गोविन्द पौडेलले बर्गिय हिसाबले दलित समुदायका हक, हित र अधिकारका लागि पार्टीले बिगतदेखि गर्दै आएका पहल, प्रयास र प्राप्त उपलब्धीहरुलाई सुरक्षित गर्दै थप अधिकारका लागि संघर्षलाई जारी राख्नुपर्नेमा जोड कार्यक्रम दिनु भयो ।
भेलामा नेपाल दलित मुक्ती मोर्चाका गण्डकी प्रदेश इन्चार्ज टेक विश्वकर्माले दलित, गरिब, विपन्नहरुका आवाजलाई माओवादी पार्टीले मात्रै महत्वका साथ उठान गर्दै आएकाले जिल्लामा समेत मोर्चालाई बलियो बनाउन भेला र सम्मेलनलाई तिब्रता दिन पर्ने बताउनु भयो ।
भेलामा प्रदेश कमिटी सदस्य एवम गण्डकी प्रदेश सभा सदस्य विनोद केसी, माओवादी केन्द्र नगरकमिटी अध्यक्ष शेरबहादुर केसी, जिल्ला सदस्य गौरी सेन्चुरी लगायतले जिल्लामा दलित समुदायका बास्तविक समस्याहरु पहिचान गर्ने, शसक्तिकरण गर्ने र राजनैतिक मुलप्रवाहमा ल्याउनका लागि समेत मोर्चाको भेला र सम्मेलनले महत्वपूर्ण भुमिका खेल्ने भएकाले सम्मेलनलाई सफल बनाउनतर्फ लाग्नुपर्नेमा जोड दिएको थियो ।
पदम किसानको अध्यक्षता र पृथिलाल विकको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
यसैबिच सोही अवसरमा मंगला गाउँपालिका–३ निवासी दमरोगबाट पीडित धनबहादुर विकलाई आर्थिक सहयोग समेत हस्तान्तरण गरेको थियो । ।