Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

मुलुकको इतिहासमै पहिलोपटक ‘बजेट होलिडे’

मुलुकको इतिहासमै पहिलोपटक ‘बजेट होलिडे’

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

भाद्र ३१, २०७८ बिहिवार • १२:०८:०७ बजे
  • 739
    SHARES
  • मुलुकको इतिहासमै पहिलोपटक ‘बजेट होलिडे’

    प्रतिस्थापन विधेयक समयमै पारित नहुँदा मध्यरातदेखि सरकारी खर्च रोकिएको छ ।

    images

    मंगलबार बसेको प्रतिनिधिसभा बैठकले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसदहरूको अवरोधबीच अर्थमन्त्री जनार्दन शर्माले पेस गरेको विनियोजन विधेयक–२०७८ प्रस्ताव पारित भए पनि संशोधित बजेट पास गर्ने काम भने अल्झिएको छ ।

    संसद सुचारु हुँदा ६० दिनभित्र बजेट अध्यादेशलाई प्रतिस्थापन गर्ने विधेयक संसदबाट पारित गर्नुपर्ने व्यवस्था छ । सो व्यवस्थाअनुसार मध्यरातमा समयावधि सकियो ।

    संसद बैठक नै असोज ४ गतेसम्मका लागि स्थगित भएको छ । जसका कारण चालू आवका लागि विनियोजित बजेट निष्क्रिय भएको हो । मुलुकको इतिहासमै पहिलोपटक ‘बजेट होलिडे’ भएको छ ।

    यसअघिसम्म नेपालमा यस्तो बजेट होलिडे कहिल्यै भएको थिएन । सरकारले राजस्व भने उठाउन पाउने छ । सरकारलाई एकदमै समस्या परे सरकारी कार्यालयहरूले सापटी र धरौटीमार्फत आकस्मिक खर्च गर्न सक्छन् ।

    अब सरकारलाई कोभिड–१९ महामारी उपचारमा भइरहेका प्रयासमा केही दिन खर्च गर्ने काममा बाधा पर्न सक्नेछ । प्रतिनिधिसभा विघटन भएकैबेला तत्कालीन अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अध्यादेश विद्येयकमार्फत चालू आर्थिक वर्षका लागि १६ खर्ब ४७ अर्बको बजेट ल्याएका थिए ।

    गत २८ असारमा सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन बदर गरेसँगै पुनः वर्तमान सरकारका अर्थमन्त्री जनार्दन शर्माले प्रतिस्थापन विधेयकमार्फत २५ भदौमा १६ खर्ब ३२ अर्बको संशोधित नयाँ बजेट ल्याएका हुन् ।

  • सम्बन्धित विषय:

  • # इतिहासमै पहिलोपटक
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology