स्थानीय बजारमा "सुनको मूल्य घटेको छ"।
यस दिन छापावाल सुन प्रति तोला ९० हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
अघिल्लो दिन यस्तो सुन प्रति तोला ९१ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।
यस दिन चाँदी प्रति तोला १ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ।
"विदेशी लगानी ल्याउन बेलायतले सहयोग गर्ने"
नेपालमा प्रत्यक्ष विदेशी लगानी अभिवृद्धिका लागि बेलायती दूतावासले सहयोग गर्ने भएको छ ।
नेपाल लगानीका लागि उपयुक्त वातावरण भएको भन्दै नेपालस्थित बेलायती दूतावासले विदेशी लगानी बढाउन सहयोग गर्ने बताएको हो ।
नेपाल उद्योग परिसंघका पदाधिकारीसँगको छलफलमा नेपालस्थित बेलायती राजदूत निकोला पिलोटले नेपालमा व्यावसायिक वातावरण सुधार गरी विदेशी लगानी आकर्षित गर्न सकिने बताइन् ।
उनले त्यसका लागि नेपाल भित्र्याउन आफूले पहल गर्ने समेत बताइन् ।
भेटका क्रममा परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले नेपालमा एकातर्फ बेरोजगारीको समस्या रहेको र अर्कोतर्फ सीप युक्त जनशक्तिको अभाव रहेको बताउँदै सीप युक्त जनशक्ति विकास आजको आवश्यकता रहेको बताए ।
उनले सीप विकासमा बेलायती सहयोग कार्यक्रमहरू र परिसंघले सहकार्य गर्न सक्ने उल्लेख गरे ।
नेपालको कूल ग्राहस्थ उत्पादनमा उद्योग क्षेत्रको योगदान कमजोर रहेको विद्यमान परिस्थितिमा परिसंघले ‘मेक इन नेपाल – स्वदेशी अभियान’ सुरुवात गरेको अध्यक्ष अग्रवालले जानकारी गराए ।
उनले औद्योगिक विकास, निर्यात प्रवद्र्धन, रोजगारी सिर्जना र स्वदेशी वस्तुको उपभोग अभिवृद्धि मुख्य लक्ष्य राखेर अभियान अघि बढाइएको उल्लेख गरे ।