Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

नेकपा एमाले हिराहरुको पार्टी हो : कृष्णगोपाल श्रेष्ठ

नेकपा एमाले हिराहरुको पार्टी हो : कृष्णगोपाल श्रेष्ठ

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

भाद्र ३१, २०७८ बिहिवार • १४:०३:५७ बजे
  • 2.5K
    SHARES
  • नेकपा एमाले हिराहरुको पार्टी हो : कृष्णगोपाल श्रेष्ठ

    नेकपा (एमाले)का नेता तथा पूर्वमन्त्री कृष्णगोपाल श्रेष्ठले एमालेमा ‘हिरा र सुन’ मात्रै रहेको बताएका छन् ।

    images

    बिहीबार एमालेको काठमाडौँ जिल्ला स्तरीय प्रशिक्षण कार्यक्रममा सम्बोधन गर्दै उनले एमालेबाट बाहिरिएर फरक दल गठन गर्नेहरुलाई काँच र पित्तल भन्दै एमालेमा ‘हिरा र सुन’ बाँकी रहेको बताए ।

    श्रेष्ठले एमाले सतिसालरुपी रुख रहेको र त्यो रुखमा फलेका केही फल कुहिएर झर्दैमा चिन्ता गर्नुपर्ने अवस्था नरहेको दाबी गरे ।

    उनले पार्टीबाट केही पित्तलहरु झरेर गएको र केही काँचका टुक्राहरु फुटेर गएको बताए ।

    “हरेक पहेँलो धातुहरु सुन हुँदैन ।

    हरेक चम्किला सिसाहरु हिरा हुँदैनन् ।

    हिरा हो कि सिसा हो भनेर छुट्याउने क्षमता तपाईंहरुमा हुनुपर्छ ।

    एमाले काँचको टुक्राहरुको पार्टी होइन । हिराहरुको पार्टी हो ।

    हिरा र सिसा छुट्याउने "आँट तपाईंहरुसँग हुनुपर्छ,” उनले भने ।

  • सम्बन्धित विषय:

  • # राजनीति
  • # नेकपा एमाले
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology