Logo

सोमवार, कार्तिक १७ गते २०८३

images
images

माधवकुमार नेपालले लिएको बाटो सही छैन : : अष्टलक्ष्मी शाक्य

माधवकुमार नेपालले लिएको बाटो सही छैन : : अष्टलक्ष्मी शाक्य

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

भाद्र ३१, २०७८ बिहिवार • १४:१९:२८ बजे
  • 982
    SHARES
  • माधवकुमार नेपालले लिएको बाटो सही छैन : : अष्टलक्ष्मी शाक्य

    नेकपा (एमाले) उपाध्यक्ष एवम् बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले माधवकुमार नेपालले लिएको बाटो सही नभएको बताएकी छन् । बिहीबार प्रज्ञा प्रतिष्ठानमा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै शाक्यले नेपाललाई एमालै फर्किन आह्वान गरिन् ।

    images

    “कमरेड माधव नेपालले लिएको बाटो सही छैन । यतिबेला फुटको हैन जुटको राजनीति आवश्यक छ । सुदृढ एमाले आवश्यक छ । माधव नेपाल हाम्रो नेता हो । अग्रज हो ।

    आज आफूले त्याग गरेको, समर्पण गरेको, ज्यान दिएको पार्टी त्यागेर जनमत र आन्दोलन सिर्जना गर्छु भन्ने भनाइ सही छैन । आफूले दुस्ख गरेको पार्टीमा फर्किनुस् ।

    समीक्षा गर्नुस् । सुदृढ एमाले बनाउन तपाईको भूमिका छ । त्यो पंक्तिलाई अलमलाएर राख्नु ठिक छैन,” उनले भनिन् ।

    "एमाले बन्न नपाउँदा कत्ति रात सुत्न सकिन"

    नेकपा एमालेकी उपाध्यक्ष तथा बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्षमी शाक्याले आफूहरु नेकपा विभाजपछिको केही समय एमालेमा हुन नपाउँदा साह्रै पीडा भएको बताइन् ।

    उनले आज काठमाडौँ जिल्ला कमिटीले आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै यस्तो बताएकी हुन् । एमाले र माओवादी पार्टी एकतापछि बनेको नेकपालाई अदालतले विभाज गरेपछिको अवस्थामा आफूहरु एमाले बन्न नपाएको बेला ठूलो पीडा भएको बताइन् ।

    उनले आफूहरुलाई १० बुँदे सहमतिले एमाले बनाएपछि सबभन्दा धेरै खुसी भएको पनि सुनाइन् । उनले भनिन्, ‘कमरेडहरू, हामी लामो समय बाहिर बस्नुपर्‍यो, एमाले हुन पाइएन, मेरो जिन्दगीमा सबैभन्दा पीडाको दिन थियो त्यो ।

    कत्ति रातभर सुत्न सकिन । अब हामी एमाले विभाजनविरुद्ध एकजुट बनौं । विगतमा जे भयो अब यस्तो कहिल्यै नहोस् ।’ माओवादीसँग एकतापछिको तीन महिनाको समयमा सबै कमिटीहरु बनाउने भनिएपनि त्यो नहुँदा सबै अस्तव्यस्त र अराजकतामा फसेको बताइन् ।

    उनले काठमाडौँ देशको सबैभन्दा बढी निर्वाचन क्षेत्र भएको जिल्ला र राजधानीसमेत भएकाले यो कार्यक्रमले एमालेभित्रकोलाई मात्र नभएर एमालेबाहिरकालाई समेत एमाले बलियो छ, भन्ने सन्देश दिएको बताइन् ।

  • सम्बन्धित विषय:

  • # राजनीति
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology