नेकपा माओवादी केन्द्रको निर्वाचन आयोगका अध्यक्ष र सदस्यहरुले आज सपथ लिएका छन् ।
आज पार्टी कार्यालय पेरिसडाँडा अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले उनीहरुलाई सपथ गराएका हुन् । अघिल्लो स्थायी समिति बैठकले निर्वाचन आयोग समिति गठन गरेको थियो। पार्टीभित्रको निर्वाचन गर्ने प्रयोजनका लागि पार्टीले निर्वाचन आयोग गठन गरेको हो ।
बिष्णुपुकार श्रेष्ठको संयोजकत्वमा २२ सदस्य रहेको समिति गठन गरेको छ ।
बैठकले पार्टीको स्थानीयदेखि केन्द्रसम्म निर्वाचन गराउन नियमावली र निर्देशिका बनाउने जिम्मा आयोगलाई दिएको छ । त्यस्तै पार्टीको विधानपनि परिमार्जन गरेर पेश गर्नेगरि पारित गरेको छ ।
विद्यानमा केही थपघट र परिमार्जन भएको छ । यसमा अझ "थपघट" गर्नुपर्ने भए आगामी केन्द्रीय समिति वा राष्ट्रिय भेलाले अनुमोदन गर्ने गरि स्थायी समितिले पारित गरेको छ ।
"रावललगायत १० नेता षड्यन्त्रकारी हुन् : दीर्घ सोडारी"
नेकपा (एककिृत समाजवादी)का नेता दीर्घ सोडारीले भीम रावललगायत एमालेका १० जना युवा नेतालाई षड्यन्त्रकारी बनेको आरोप लगाएका छन् ।
कैलालीको गोदावरी नगरपालिकामा बिहीबार आयोजित प्रथम नगर भेलामा उनले १० बुँदेका नाममा रावललगायतका नेताहरूले षडयन्त्र रचेको आरोप लगाए ।
“हिजो ओलीलाई देखाईदिन्छौं भन्दै नारा लगाइरहेका थिए,” सोडारीले भने,“आज खुट्टा कमाएर त्यही ओलीको टाङमुनि छिरेका छन्, यो सवै षड्यन्त्र हो ।
उनले एमाले विभाजनपछि भीम रावलको वास्तविकता बाहिर आएको बताए । “संसद् विघटनका वेला हामीसँग आउँदा रावललाई सबैले शत्तिशाली भएको ठानेका थिए,” उनले भने,“त्यो सत्य हैन, एमाले विभाजनपछि रावलको शक्ति प्रष्ट देखिसकेकोछ ।
रावल एमालेमा जाँदा पनि सुदूरपश्चिममा एकीकृत समाजवादी पार्टी पहिलो दल बनेको उनले बताए । “रावलले हामीसँग सहकार्य गर्दा हामीले नेता मानेका थियौं,” उनले भने,“तर, उनका भक्त कोही थिएनन्, अहिले पनि नेकपा (एस) सुदूरपश्चिममा ठुलो दल बनेको छ ।”
उनले माओवादीबाट एमालेमा गएका लेखराज भट्टलाई समेत कमजोर बनेको बताए । “भट्टलाई भोट दिएर जिताउने कार्यकर्ता माओवादीमै छन्,” उनले भने, “एमालेमा गएर भट्ट एक्लिएका छन्, यो क्षेत्रमा हामी चुनाव जित्नेछौं ।
सोडारीले रावललाई समाजवादी पार्टीमा आउन आग्रह गरे । समाजवादी पार्टीमा आए फेरि नेता मान्न आफूहरू तयार रहेको उनले बताए ।