Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

एकीकृत समाजवादी बारा गठन, सुन्दर विश्वकर्माको अध्यक्षतामा २५१ सदस्यीय जिल्ला कमिटीको घोषणा

एकीकृत समाजवादी बारा गठन, सुन्दर विश्वकर्माको अध्यक्षतामा २५१ सदस्यीय जिल्ला कमिटीको घोषणा

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आश्विन १, २०७८ शुक्रवार • ०९:०८:२८ बजे
  • 1.0K
    SHARES
  • एकीकृत समाजवादी बारा गठन, सुन्दर विश्वकर्माको अध्यक्षतामा २५१ सदस्यीय जिल्ला कमिटीको घोषणा

    प्रदेश सांसद सुन्दर विश्वकर्माको अध्यक्षतामा नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) बारा जिल्ला कमिटीको घोषणा भएको छ ।

    images

    बिहीबार कलैयामा भएको जिल्ला भेलाले प्रदेश सांसद सुन्दर विश्वकर्माको अध्यक्षतामा २५१ सदस्यीय जिल्ला कमिटीको घोषणा भएको हो ।

    अध्यक्ष विश्वकर्मा नेकपा एमाले बाराका जिल्ला अध्यक्ष समेत हुन् । एकीकृत समाजवादी बारा जिल्ला कमिटीको उपाध्यक्षमा उसमान अन्सरी र बिजेन्द्र चौधरी सचिवमा विक्रम ठाकुर र उपसचिवमा राजेन्द्र प्रसाद कलवारलाई चयन गरिएको छ ।

    त्यस्तै जिल्ला कमिटी सदस्यहरूमा बतहु यादव, ध्रुव यादव, कृष्ण खनाल, रमेश सुबेदी, सुभाष साह, बलिराम ठाकुर, गौरी ढकाल, शुभनारायण साह, राजेश पटेल, गणेश रिजाल, मनोज गुप्ता लगायतका छन् ।

    सो भेलालाई सम्बोधन गर्दै नेकपा एसका केन्द्रिय सदस्य नागेन्द्र चौधरीले समाजवादी आन्दोलनका लागि एकीकृत समाजवादी पार्टीमा आवद्ध हुन आह्वान गरेका छन् ।

    एमाले अध्यक्ष केपी ओलीको दम्भ, घमण्ड एवं तानाशाही शैलीका कारण कम्युनिस्ट आन्दोलनले ठुलो नोक्सानी भएको बताउँदै नेता चौधरीले कम्युनिस्ट आन्दोलनको संरक्षण तथा जोगाउनका लागि एकजुट भएर आगाडि बढ्न निर्देशन दिए ।

    त्यस्तै अर्का केन्द्रीय सदस्य दिनेश राईले ओलीले पार्टीलाई एउटा कम्पनीको रूपमा एमाले अगाडि बढन खोजेपछि विद्रोह गर्नुपरेको बताए ।

    झन्डै दुई तिहाईको ओली सरकारले जनताको पक्षमा काम नगरी मनोमानी रूपमा अगाडि बढ्दा कम्युनिस्ट पार्टीले नोक्सानी व्यहोर्नु परेको बताए ।

    भेलामा एकीकृत समाजवादी पार्टीका केन्द्रीय सदस्य बिभा कार्की, प्रदेश सांसद सीता गुरुङ, प्रदेश २ कमिटीका सदस्य छ्ठु यादव, श्रीप्रसाद पासवान, बिक्रम राम, सुरेन्द्र यादव, छबिलाल उप्रेती, अनेम संघका केन्द्रीय सदस्य चमिना भट्टराई लगायतको सहभागिता रहेको थियो ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology