Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

अष्टलक्ष्मी शाक्यकै अगाडि बादललाई बागमती इन्चार्ज भनेपछि...

अष्टलक्ष्मी शाक्यकै अगाडि बादललाई बागमती इन्चार्ज भनेपछि...

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आश्विन १, २०७८ शुक्रवार • ०९:१३:४५ बजे
  • 1.9K
    SHARES
  • अष्टलक्ष्मी शाक्यकै अगाडि बादललाई बागमती इन्चार्ज भनेपछि...

    २ जेठ २०७५ मा फर्कने १० बुँदे सहमतिअनुसार एमालेको बाग्मती प्रदेश इन्चार्ज पार्टी उपाध्यक्षसमेत रहेकी बाग्मती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य हुन् । तर, उनलाई प्रदेश इन्चार्जको जिम्मेवारी नदिइएको काठमाडौंमा बिहीबार आयोजित एमाले जिल्लास्तरीय कार्यकर्ता प्रशिक्षणमा देखियो । कार्यक्रमका प्रमुख अतिथि थिए, एमाले अध्यक्ष केपी शर्मा ओली ।

    images

    अतिथिमा पार्टी उपाध्यक्ष एवं बाग्मती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य, महासचिव ईश्वर पोखरेल, माओवादी केन्द्र छाडेर आएका रामबहादुर थापालगायत थिए । तर, उद्घोषकले शाक्यलाई पार्टी उपाध्यक्ष एवं बाग्मती प्रदेशकी मुख्यमन्त्री भनेर आसन ग्रहण गराउँदा माओवादी केन्द्रबाट आएका बादललाई भने बाग्मती प्रदेश इन्चार्ज भनेर आसन ग्रहण गराइयो ।

    यसले एमाले उपाध्यक्ष शाक्यले पनि अर्का उपाध्यक्ष भीम रावलको नियति भोग्नुपर्ने पक्कापक्की झैं छ । बाग्मती प्रदेशको मुख्यमन्त्रीको भूमिकामा रहेकी शाक्यले यो विषयलाई विवादको विषय भने बनाइसकेकी छैनन् ।

    प्रशिक्षणमा सम्बोधनका क्रममा भने उनले घुमाउरो पारामा पार्टी नेतृत्वमाथि प्रश्न उठाउँदै एमाले त्यागेर एकीकृत समाजवादी पार्टी गठन गरेका पूर्ववरिष्ठ नेता माधवकुमार नेपाललाई पार्टीमा फर्कन आग्रह गरेकी छन् ।

    आफ्नो सम्बोधनका क्रममा पार्टी अध्यक्ष ओलीले भने नेपालमाथि चर्को गालीगलौजमा उत्रँदै एमालेमा नेपाललाई कुनै ठाउँ नभएको भनाइ राखे । एमाले काठमाडौंले गरेको जिल्लास्तरीय विस्तारित प्रशिक्षण कार्यक्रममा उपाध्यक्ष शाक्यले २ जेठ २०७५ लाई मानेर अघि बढ्नुको विकल्प नरहेको बताएकी थिइन् ।

    ‘यसमा जालझेल आवश्यक छैन । २ जेठ २०७५ मा जो जो आउँछ, उसैलाई मानेर अगाडि बढौं,’ उनले भनिन् । त्यसभन्दा अघि बढेर उनले भनिन्, ‘विभाजनले कसैको हित गर्दैन, सुदृढ एमाले बनाउन फराकिलो मन बनाएर अघि बढौं ।’ प्रशिक्षण कार्यक्रममा उनले पार्टी अध्यक्षको नाम नलिइकन पार्टी नेतृत्व भनेर अध्यक्ष ओलीको कार्यशैलीमाथि प्रश्न उठाएकी थिइन् ।

    नवौं महाधिवेशनपछि व्यवस्थित रूपमा वैचारिक प्रशिक्षण नदिँदा पार्टी अराजकतातिर गएको उनको भनाइ थियो । ‘जब प्रशिक्षण र वैचारिक छलफलको अभाव हुन्छ, पार्टी कमिटी अराजकतातिर जान्छ, विचार शून्य हुन्छ, गुटबन्दी मौलाउँछ,’ शाक्यले भनिन्, ‘हामी अहिले यसैको सिकार भएका छौं, अब लुकाएर हुँदैन, हामीले यसको निर्मम समीक्षा गर्नैपर्छ ।

    त्यो आँट नेतृत्व तहले गर्नैपर्छ ।’ उनले कार्यक्रममा पार्टी जनमतको सम्मान गर्न पनि चुकेको धारणा राखिन् । ‘हामीलाई झन्डै जनताले दुई तिहाइको बहुमत दिएको थियो, केन्द्र, प्रदेश र स्थानीय तहमा पार्टीको बलियो उपस्थिति रहेको थियो तर अहिले यो स्थिति छैन, पार्टीले जनमतको सम्मान गर्न सकेन ।

    फेरि पनि चुनावमा जानुपर्छ, हामी फुट्नुहुँदैन भन्ने कुरा मनमा राखेनौं, पछि जेजे पर्छ, पर्छ भन्ने ढंगले सोच्यौं ।’ उनले स्थानीय तहको निर्वाचनमा जाँदा जनतालाई के भन्ने भनेर नेतृत्वले सोच्नुपर्ने पनि बताइन् ।

    शाक्यपछि बोलेका अध्यक्ष ओलीले शाक्यको कतिपय असन्तुष्टिको जवाफ दिएनन् । तर, माधव नेपाल एमालेका लागि आवश्यक रहेको भनाइमा भने ओलीले विमति जनाए । ‘पार्टीमा अब माधवकुमार नेपालको आवश्यक छैन, उनले पार्टीमा गुटबन्दी मात्र गरे,’ ओलीले शाक्यको भनाइप्रति लक्षित गर्दै भने, ‘हुन त केही साथीहरू अहिले पनि भन्नुहुन्छ, माधव कमरेड आउनुस् तपाईंको आवश्यकता छ ।

    फेरि फुटाउन उहाँको आवश्यकता छ यहाँ रु फेरि फुटाउने रु के गर्न आवश्यकता छ माधव कमरेडको म बुझ्दिनँ ।’ पार्टीका वरिष्ठ नेता नेपालले पार्टी सरकारमा हुँदा साढे ३ वर्षसम्म सरकारको पक्षमा एक शब्द नबोलेको भन्दै असन्तुष्टिसमेत जनाए । सरकारको विरोधमा प्रतिक्रियावादीभन्दा नेपालले चर्को बोलेको ओलीको आरोप थियो ।

    जहिले पनि रोस्टममा उभिएपछि ‘डुंगा डुब्न लाग्यो, लौन कोही बचाइ देऊ’ भनेर गीत गाउने, कम्युनिस्टको दुई तिहाइको सरकार छ, सातमध्ये ६ वटा प्रदेशमा सरकार छ ।

    अनि डुंगा चाहिँ डुब्न लाग्यो भन्ने ?’ ओलीले भने, ‘कसको डुंगा डुब्न लाग्यो ?’ प्रशिक्षण कार्यक्रममा ओलीले नेपाललाई खरानी घसेर तीर्थयात्रामा हिँडेको मान्छेसमेत भन्न पछि परेनन् ।

    घरमा आगो लगाएर खरासी घसेर तीर्थयात्रामा हिँडेका मान्छेलाई म केही भन्दिनँ । तर, माधव नेपालले झुक्याएका, भ्रममा पारेका नेता कार्यकर्ता पार्टीमा फर्किनुस् ।’ प्रशिक्षण कार्यक्रममा एमाले महासचिव पोखरेलले राष्ट्रिय हित र जनताका मुद्दामा पार्टी परिचालन हुनुपर्ने बताएका थिए ।

    त्यसका लागि उनले नेताकार्यकर्तालाई जनपरिचालनका रूपमा परिचालनको नीति अघि बढाइने बताएका थिए । ‘अनि मात्र एमालेलाई एमाले जस्तै बनाउन सकिन्छ । एमाले कागजको फूलजस्तो होइन, बासना दिने फूलजस्तै बनाउनुपर्छ । जनतासँगको सम्बन्ध टुट्यो भने, नाम झन्डा रहला तर परिवर्तनको वाहक एमाले हुँदैन’, महासचिव पोखरेलको भनाइ थियो ।

    उनले नेता कार्यकर्तामा धेरै समस्या रहेको भन्दै उनले कार्यकर्तामा अध्ययन र प्रशिक्षणको पनि कमी भएको बताएका थिए । एमाले स्थायी समिति सदस्य एवं बाग्मती प्रदेश इन्चार्ज बादलले भने एमाले नेपालका श्रमजीवीको पार्टी भएको बताएका थिए ।

    ‘नेकपा एमाले, नेपाली सर्वहाराहरूको पार्टी हो, सारथी हो, श्रमजीवीको पार्टी हो,’ उनले भनेका थिए । "समाचार आजको राजधानी दैनिकमा छ" ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology