नेकपा (एकीकृत समाजवादी) ले आज आफ्नो केन्द्रीय कार्यालयको उद्घाटन गर्दैछ ।
नेकपा एमालेबाट फुटेर बनेको एकीकृत समाजवादीले आज बिहान १० बजे बानेश्वरमा रहेको केन्द्रीय कार्यालय उद्घाटन गर्न लागेको हो।
पार्टी अध्यक्ष माधवकुमार नेपालले आजदेखि बानेश्वरको आलोकनगरमा रहेको केन्द्रीय कार्यालयबाट काम हुने बताएका छन्। पार्टीले पूजा थापा बस्नेतको घर भाडामा लिएर कार्यालय स्थापना गरेको हो।
एकीकृत समाजवादीको फेशबुकमा लेखिएको छ, ‘नेकपा ( एकीकृत समाजवादी) केन्द्रीय कार्यालय उद्घाटन असोज १ गते बिहान ठिक १० बजे हुने भएकोले केन्द्रीय कार्यालय, आलोकनगर (तीनकुने पुल दक्षिण) उपस्थितिका लागि अनुरोध छ।
एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक आगामी असोज ५ गतेदेखि बस्दैछ। बैठकले जिल्ला इन्चार्ज, अध्यक्ष, प्रदेश अध्यक्ष, सचिव तोक्ने एजेण्डा रहेका छन ।