काठमाडौँ । नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय कमिटी बैठक आजदेखि शुरु भएको छ ।
११औँ केन्द्रीय कमिटी बैठक तनहुँको बन्दीपुर गाउँपालिमा भर्खरै सुरु भएको नेकपा केन्द्रीय कार्यालयले जानकारी दिएको छ। बैठकमा पार्टी महासचिव विप्लवसहित ५ जना सचिवालय सदस्य र ६८ जना केन्द्रीय सदस्य सहभागी हुने छन ।
सो रिसोर्टमा केन्द्रीय सदस्य सहित नेताहरुको सुरक्षाको लागि पार्टीका पूर्वजनमुक्ति सेनाका सदस्य र युवाहरु गरी १ सय ५० जना बस्ने छन् ।
केन्द्रीय समिति बैठक सुरु हुनअघि २ दिन केन्द्रीय सचिवालयको बैठक बसेको थियो । उक्त बैठकले पार्टीको केन्द्रीय समितिमा छलफलका निम्ति लैजाने राजनीतिक प्रतिवेदन र समसामयिक प्रस्ताव समेत तयार पारेको जनाएको छ ।
यस्तै पार्टीका विभित्न जनबर्गीय संगठनहरुको भेलासम्मेलन र पदाधिकारी चयनसम्बन्धि पनि महत्वपुर्ण प्रस्ताव तयार पारिएको र केन्द्रीय समिति बैठकले त्यसलाई पूर्णता दिने समेत सचिवालयले जनाएको छ ।
बैठकस्थल र केन्द्रीय सदस्यसहित नेताको सुरक्षाका लागि पार्टीको आफ्नै सुरक्षा शक्ति परिचालन गरिएको छ ।
बैठकस्थलमा पत्रकारलाई प्रवेश दिइएको छैन भने बैठक अवधिभर कुनै पनि केन्द्रीय सदस्यले पत्रकारसँग कुरा गर्न नपाइने व्यवस्था गरिएको बताइएको छ ।