Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

भाइरस

अमेरिका , क्यानडामा पनि फैलियो नयाँ भाइरस ४ सय भन्दा धेरै संक्रमित

अमेरिका , क्यानडामा पनि फैलियो नयाँ भाइरस ४ सय भन्दा धेरै संक्रमित

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण २३, २०७७ शुक्रवार • ११:४४:५९ बजे
  • 1.4K
    SHARES
  • अमेरिका , क्यानडामा पनि फैलियो नयाँ भाइरस ४ सय भन्दा धेरै संक्रमित
    एजेन्सी । कोरोना भाइरसको संक्रमणसँगै अमेरिकामा नयाँ रोग फैलिएको छ । यो रोग अहिलेसम्म ३४ राज्यमा फैलिएको छ । ४ सय भन्दा धेरै संक्रमित भइसकेका छन् ।
    यसको कारण रातो र पहेँलो प्याज भएको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् । अमेरिकाको सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन (सिडिसी)ले प्याजको प्रयोगमा सतर्कता अप्नाउन आग्रह गरेको छ । रातो र पहेँलो रंगको प्याजमा साल्मोनेला नामको व्याक्टेरियाको संक्रमण पाइएको छ । त्यसैले सिडिसीले देशभर अलर्ट जारी गरेर आम नागरिकलाई सचेत रहन आग्रह गरेको छ ।

    थमसन इन्टरनेशनल नामक कम्पनीले ढुवानी गरेको प्याजमा यस्तो समस्या देखिएको छ । सिडिसीले उक्त कम्पनीले सप्लाइ गरेको प्याज घरमा ल्याएको भए तत्काल विसर्जन गर्न आग्रह गरेको छ । अमेरिकामा मात्र नभएर यो ब्याक्टेरियाको प्रभाव क्यानडामा पनि देखिएको छ । क्यानडामा झण्डै ६० जना व्यक्ति अस्पताल नै भर्ना भएका छन् ।

    साल्मोनेलाको सिधा सम्बन्ध रातो र हल्का पहेँलो रंगको प्याजसँग देखिएको पुष्टि गरेको छ । ब्याक्टेरियाका कारण मानिसमा डायरिया, ज्वरो, पेट दुख्नेलगायतका लक्षण देखिन्छ । यसको लक्षण ६ घन्टादेखि ६ दिनसम्म जुनसुकै समयमा देखिन सक्छ । यो व्याक्टेरियाको संक्रमण ५ वर्ष भन्दा कम उमेरका बालबालिका र ६५ वर्षभन्दा धेरै उमेरका व्यक्तिमा देखिन्छ ।

  • सम्बन्धित विषय:

  • # कोभिड-१९
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology