Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

सुनको मूल्य प्रतितोला रु एक लाख तीन हजार ५ सय पुग्यो

सुनको मूल्य प्रतितोला रु एक लाख तीन हजार ५ सय पुग्यो

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण २३, २०७७ शुक्रवार • १२:१८:१० बजे
  • 1.1K
    SHARES
  • सुनको मूल्य प्रतितोला रु एक लाख तीन हजार ५ सय पुग्यो
    अन्तर्राष्ट्रिय बजारमा अस्थिर रहेको सुनचाँदीको मूल्य स्थानीय बजारमा शुक्रबार पनि अप्रत्याशित रूपमा बढेको छ । बिहीबार प्रतितोला रु एक लाख दुई हजार ५ सयमा कारोबार भएको पहेँलो धातुमा शुक्रबार रु एक हजार १ सयले वृद्धि भएको छ । बजार खुल्नेबित्तिकै छापावाल सुनको मूल्य प्रतितोला रु एक लाख तीन हजार ५ सय कायम भएको छ भने सोही परिमाणको तेजाबी सुनको मूल्य रु एक लाख तीन हजार निर्धारण भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबारको तुलनामा शुक्रबार चाँदीको मूल्य रु ६० ले बढेको छ ।

    एक तोला सेतो धातुको मूल्य शुक्रबार रु एक हजार ४ सय ५ निर्धारण भएको छ । कोभिड–१९ को सङ्क्रमण रोक्न बन्दाबन्दी लागू गरिएयता जेठ २५ गते एक तोला सुनको मूल्य रु १० हजार ४ सयले बढेर रु ८७ हजार पुगेको थियो । त्यसयता सुनको मूल्य निरन्तर उकालो लागिरहेको छ ।

    आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔँस २,०६१.५१ र सोही परिमाणको चाँदीको मूल्य २८.४९ अमेरिकी डलर कायम भएको छ ।

  • सम्बन्धित विषय:

  • # आर्थिक
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology