Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

राष्ट्रवादी नेता गणेशमानले जति कोर्रा सायद कसैले खानुु परेन

राष्ट्रवादी नेता गणेशमानले जति कोर्रा सायद कसैले खानुु परेन

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आश्विन २, २०७८ शनिवार • ०९:२४:१६ बजे
  • 1.0K
    SHARES
  • राष्ट्रवादी नेता गणेशमानले जति कोर्रा सायद कसैले खानुु परेन

     प्रजातन्त्र पुनः स्थापनाका लागि भएको विसं २०४६ को जनआन्दोलनका सर्वोच्च नेता गणेशमान सिंहको २५औँ स्मृति दिवस आज विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । नेता सिंह नेपाली राजनीतिमा त्याग र साहसका धनी व्यक्तित्व थिए ।

    images

    आन्दोलन सफल भएपछि तत्कालीन राजा वीरेन्द्रले नारायणहिटी दरबारमा बोलाएर तपाईंले नेतृत्व गर्नुभएको आन्दोलन सफल भएको छ, अब तपाईं प्रधानमन्त्री बन्नुहोस् भन्दा उनले त्यसलाई अस्वीकार गरे । उनको जवाफ थियो, ‘‘यो आन्दोलन म आफैँ प्रधानमन्त्री हुन गरेको होइन ।

    नेपाली काँग्रेसका कार्यवाहक सभापति नेता कृष्णप्रसाद भट्टराईको नाम प्रधानमन्त्रीमा प्रस्ताव गरेपछि उनी नेपाली राजनीतिमा त्यागी नेताका रूपमा उदाए ।

    इतिहास पुरुषहरूका विचारमा गणेशमान सिंह नामक पुस्तकमा गोविन्दप्रसाद उपाध्यायको स्मरण छ, ‘‘२०४६ को जनआन्दोलन सफल भएपछि गणेशमान नेपालको हिरो हुनुभयो, त्यसैले उहाँलाई सबैले सर्वमान्य भने ।

    उहाँको त्याग, तपस्या, बलिदान र प्रजातान्त्रिक सङ्घर्षका लागि निर्वाह गर्नुभएको नेतृत्वदायी भूमिका कुनै पनि विश्व स्तरका राजनेताहरूसँग दाँज्न नसकिने उहाँको उचाइ छ ।’’ विसं १९७२ कात्तिक २४ गते काठमाडौँमा जन्मनुुभएका सिंहले १९९७ सालमा स्थापित प्रजा परिषद्को सदस्य भई राणा शासन हटाउने अभियानमा सक्रिय भए ।

    प्रजा परिषद् नेपालको पहिलो राजनीतिक दल हो । गणेशमानसँगै जेलमा बसेका हरिकृष्ण श्रेष्ठले भने, ‘‘एक दिन नरशमशेर आएर गणेशमानलाई निच भाषा प्रयोग गर्दै ‘गणेशमान यो तेरो नरदेवी होइन’ भन्यो ।

    गणेशमानको जवाफ थियो, जहाँ गणेशमान हुन्छ, त्यहीँ नरदेवी हो । यो सुन्ने बित्तिकै नरशमशेरले एक मुक्का हान्यो, गणेशमानको मुखबाट रगत बग्न थाल्यो ।

    अनि गणेशमानले चिच्याउँदै ‘मर्द होस् भने आइज, सिक्री खोलेर मैदानमा लड्न तयार छु ।’ गणेशमानको जवाफ सुनेपछि नरशमशेर रातो मुख लगाएर हिँडेका थिए ।

    गणेशमान सिंहका छोरा एवं नेपाली काँग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहले भने, ‘‘गणेशमानजीले जति कोर्रा सायद कसैले खानुु परेन होला, उहाँसँगै जेलमा परेका चार जनालाई वि।सं १९९७ मा राणाहरूले फाँसीको सजाय दिएका थिए ।’’ जेलबाट १२ फिट र २४ फिटका दुुईवटा पर्खाल नाघेर गणेशमान भाग्न सफल भएका थिए । "यो समाचार आजको गोरखापत्र दैनिकमा छ" ।

  • सम्बन्धित विषय:

  • # राजनीति
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology