Logo

सोमवार, कार्तिक १७ गते २०८३

images
images

मेटमणि चौधरीको नेतृत्वमा नेकपा एकीकृत समाजवादीले लुम्बिनी प्रदेश कमिटी गठन

मेटमणि चौधरीको नेतृत्वमा नेकपा एकीकृत समाजवादीले लुम्बिनी प्रदेश कमिटी गठन

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आश्विन २, २०७८ शनिवार • १०:१३:०४ बजे
  • 748
    SHARES
  • मेटमणि चौधरीको नेतृत्वमा नेकपा एकीकृत समाजवादीले लुम्बिनी प्रदेश कमिटी गठन

    नेकपा एकीकृत समाजवादी पार्टीले लुम्बिनी प्रदेश कमिटी गठन गरेको छ ।

    images

    शुक्रबार बुटवलमा सम्पन्न सो पार्टीको प्रथम भेलाले मेटमणि चौधरीको नेतृत्वमा नेकपा एकीकृत समाजवादीले लुम्बिनी प्रदेश कमिटी गठन गरेको रुपन्देहीका अध्यक्ष तथा नवगठित प्रदेश कमिटीका सचिव राजु गुरुङ्गले जानकारी दिए ।

    हाललाई १ सय ५१ सदस्यीय प्रदेश कमिटी गठन गरेका छौं , यस प्रदेशका १२ वटै जिल्ला कमिटीहरु पनि गठन भई सकेका छन् गुरुङले भने भेलाले प्रदेशका सबै जिल्लाहरुमा भेला र संगठन बिस्तार गर्ने निर्णय गरेको छ ।

    भेलालाई सम्वोधन गर्दै नेकपा एकीकृत समाजवादीकी नेतृ रामकुमारी झाँक्रीले नेकपा एमालेमा विद्रोह सुरु भएको र अहिले सलाईको एउटा काँटी मात्रै सल्कीएको तर भोलीका दिनमा विद्रोहको ज्वाला दन्कँदै केपी ओली नेतृत्वको एमाले धरासायी हुने दावी गरेकी थिइन् ।

    कार्यक्रममा नेताहरू विजय पौडेल, सोमप्रसाद पाण्डे, मेटमणि चौधरी र राजु गुरुङ लगायतले बोल्दै पार्टी अभियानलाई तीव्र रूपमा अघि बढाउने बताएका थिए ।

    लुम्बिनी प्रदेशका १२ वटा जिल्ला मध्ये गुल्मी जिल्ला सो पार्टीको कमजोरी जिल्ला देखिएको थियो । तर हिजो केपी ओली समूहबाटै विद्रोह गरेर आएका तत्कालिन युवा संघका केन्द्रिय सदस्य हिमाल थापा इन्चार्ज र रेसुङ्गा बहुमुखी क्याम्पसका स्ववियु सभापति श्रीराम महत अध्यक्ष रहने गरि गुल्मी जिल्ला कमिटी गठन गरिएको छ ।

    गुल्मी कै गणेश खनाल प्रदेश कमिटी सदस्यमा चयन भएका छन् ।

  • सम्बन्धित विषय:

  • # राजनीति
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology