Logo

सोमवार, कार्तिक १७ गते २०८३

images
images

प्रधानमन्त्रीको सचिवालयले सार्वजनिक गयो १५ वटा सुधारका काम

प्रधानमन्त्रीको सचिवालयले सार्वजनिक गयो १५ वटा सुधारका काम

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आश्विन २, २०७८ शनिवार • १२:०९:०५ बजे
  • 805
    SHARES
  • प्रधानमन्त्रीको सचिवालयले सार्वजनिक गयो १५ वटा सुधारका काम

    सरकारले काम गर्न नसकेको भनेर चौतर्फी आलोचना भइरहेका बेला प्रधानमन्त्री शेरबहादुर देउवाको सचिवालयले भने कामको फेहरिस्त सर्वाजनिक गरेको छ ।

    images

    सरकार गठन भएको दुई महिनाभन्दा बढी समयसम्म पनि मन्त्रिपरिषद् विस्तार गर्नसमेत नसकेको भन्दै आलोचना भइरहेको छ । तर, प्रधानमन्त्रीको सचिवालयले शनिबार देउवा नेतृत्वको सरकारले गरेको १५ कामको सूची सार्वजनिक गरेको हो ।

    "पाँच दलीय गठबन्धन"को समर्थनमा सरकारको नेतृत्व गरेको देउवाले ६ जनाको मन्त्रिमण्डल बनाएपनि मन्त्रिपरिषद्लाई पूर्णता दिन सकेका छैनन् ।

    १७ मन्त्रालयको जिम्मेवारी आफैँसँग राखेका छन् । देश आर्थिक ‘सट डाउन’मा पुगेको छ । बजेटसम्बन्धी ३ अध्यादेश प्रतिस्थापन विधेयक संसद्मा रहेका छन् र विधेयक पारित हुने सम्भावन न्यून देखिएको छ । निर्णयमात्रै भएको विषयलाई पनि महत्वपूर्ण कामको सूचीमा राखिएको छ ।

    कोरोना महामारी नियन्त्रणलाई उच्च प्राथमिकता, योग्य र अनुभवी व्यक्तिलाई उपयुक्त निकायमा जिम्मेवारी दिने नीतिअनुसार विद्युत् प्राधिकरणमा कुलमान घिसिङ र योजना आयोगमा विश्व पौडेलको नियुक्ति, एकै दिन ३ लाख मात्रासम्म कोरोनाविरुद्धको खोप दिइएको, १८ वर्षमुनिका बालबालिकालाई ४० लाख मात्रा मोर्डनाको खोप ल्याउने विषय टुंग्याएको, बाढीपहिरो र पीडितको उद्धार, राहत र पुनःस्थापनालाई तीव्रता दिइएको सरकारको दाबी छ ।

    यस्तै, कर्मचारी, शिक्षक, सेना, प्रहरी स्वास्थ्य सेवाका कर्मचारीको तलब वृद्धि, क्यान्सर, मिर्गौला र स्पाइनल इञ्जुरीका बिरामीलाई मासिक ५ हजार भत्ताको घोषणा सरकारको उपलब्धि भएको उल्लेख छ ।

    अति विपन्न गरिब घरपरिवारलाई १० हजार रुपैयाँका दरले राहत, राजधानीका १० ठाउँमा सस्तोमा भोजनको व्यवस्था, विद्यार्थी लक्षित ‘पढ्दै कमाउँदै’ र महिला लक्षित ‘महिला पहिला’ कार्यक्रम, भूमि आयोग गठन पनि १५ वटा कामको सूचीमा समावेश छ ।

    "एमसीसीमा राष्ट्रिय सहमति"को पहल, प्रमुख प्रतिपक्षीलाई विश्वासमा लिन अनौपचारिक छलफल र संवाद, त्रिचन्द्र कलेज र घन्टाघर पुनःनिर्माणको निर्णयलाई पनि सरकारले महत्वपूर्ण कामको सूचीमा राखेको छ ।

  • सम्बन्धित विषय:

  • # राजनीति
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology