Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

आज को बन्ला कमेडी च्याम्पियन ?

आज को बन्ला कमेडी च्याम्पियन ?

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आश्विन २, २०७८ शनिवार • १२:२९:२० बजे
  • 1.1K
    SHARES
  • आज को बन्ला कमेडी  च्याम्पियन ?

    कमेडी च्याम्पियन सिजन–२ को ग्रान्ड फिनाले आज हुँदै छ । आज साँझ नियमित सेटमै ग्रान्ड फिनाले हुनेछ । साँझ ९ बजेबाट कार्यक्रम सुरु हुनेछ । “९ बजेदखि कार्यक्रम सुरु हुनेछ । राति १० बजेबाट ग्रान्ड फिनाले सुरु हुनेछ,” निर्देशक विशाल भण्डारीले भने, “राति ११ बजेसम्म रिजल्ट सार्वजनिक भइसक्ने छ ।

    images

    फाइनलमा भरतमणि पौडेल, बिक्की अग्रवाल र सन्तोष थापा पुगेका छन् । उनीहरु फाइनलका लागि भोट माग्न होम टाउन पुगेर फर्किसकेका छन् । फाइनलका लागि भोट अपिल गर्दै भरतमणिले आफ्नै गाउँ–समाज र त्यहाँको सामाजिक जीवन शैलीप्रति व्यङ्ग्य गरेका थिए ।

    बिक्कीले अघिल्लो श्रृंखलामा आफूले दिएको प्रस्तुतिप्रति निर्णायकको प्रतिक्रिया र प्रतिस्पर्धीसँगको आफ्नो सम्बन्ध तथा आफूले असअघि दिएको चर्चित प्रस्तुतीलाई लिंक गरेका थिए । अर्का प्रतिस्पर्धी सन्तोष थापाले भरतमणि र बिक्कीाप्रति दर्शकको लोभलाग्दो क्रेजेको चेपुवामा पर्दाको व्यङ्ग्यात्मक पीडालाई प्रस्तुतिको विषय बनाएका थिए ।

    सन्तोषको यो प्रस्तुतिलाई निर्णायकले मन पराएका थिए । आफैंप्रति गरेको व्यङ्ग्यले उनीप्रति दर्शकको सहानुभूति प्रकट हुन सक्छ । जसले गर्दा अघिल्ला श्रृंखलाको अनुपातमा दर्शकको भोट उनलाई बढेको हुन सक्छ । भरतमणिले आफ्नो प्रस्तुतिमार्फत गाउँका लिम्बू समुदायलाई खुसी पार्ने प्रयास गरेका छन् ।

    बाहुन–क्षेत्रीसँग तुलना गर्दै लिम्बू समुदाय दिलदार हुने उनले प्रस्तुतिमार्फत जनाएका थिए । यसलाई भोटका लागि गरेको चलाखी भनेर पनि अर्थ लगाउन सकिन्छ, भलै त्यो सत्य नै किन नहोस् । बिक्कीलाई नेपाल र नेपालबाहिरका नेपाली भाषीहरुको राम्रो साथ मिल्न सक्छ ।

    रियालिटी शोहरुमा नेपालबाहिर बस्ने नेपालीभाषीहरुको बाक्लै आगमन हुने गरे पनि फाइनल पुग्ने उनी पहिलो व्यक्ति हुन् । त्यसैले यसको फाइदा उनले उठाउन सक्छन् ।  रियालिटी शोमा प्रतिभाको सधैँ सही मूल्यांकन हुन्छ भन्ने हुँदैन । कारण प्रतिस्पर्धीको प्रतिभासँगै जातीयता, भूगोल र ऊ र उसका आफन्तको आर्थिक अवस्थाले पनि फरक पार्छ ।

    जसका पक्षमा धेरै भोट आउँछ भन्नेभन्दा पनि जसले धेरै भोट गराउन सक्छ उसको पल्ला भारी हुन्छ भन्ने यर्थाथ यस अघिका रियालिटी शोका अनुभवहरुले प्रष्ट पारिसकेका छन् । यही कमेडी च्याम्पियनमै गेष्ट पफर्मरका रुपमा आउने कमेडियनहरुले विजेता र उसले पाउने आकर्षक प्राइज कसरी जितिन्छ भनेर गरेको व्यङ्ग्यले पनि केही संकेत गर्छ ।

     त्यसमा सतप्रतिशत सत्यता नहोला तर प्रस्तुतिले गरेको संकेतलाई नजरअन्दाज गर्न सकिन्न । यही सिजनका फाइनलिष्ट सन्तोषको प्रस्तुतिले पनि भोटको राजनीति छर्लङ्ग पार्छ । (भलै उनले भनेजति नहोला ।) गत सिजनमा प्रत्यक्ष साथ नदिएका नेताहरुले यो पटक भने खुलेरै साथ दिएका छन् ।

    आ–आफ्ना जिल्लाका नेताहरुले प्रतिस्पर्धीलाई साथ दिएका छन् । गोरखाका सन्तोष थापालाई पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराईको साथ छ । ताप्लेजुङका भरतमणिलाई पूर्व मन्त्री तथा एमाले नेता योगेश भट्टराईको साथ छ भने सिक्किमका बिक्की अग्रवाललाई मुख्य मन्त्री प्रेम सिंह तामाङको साथ छ ।

    बिक्कीलाई मुख्य मन्त्री तामाङले ६ लाख आईसी दिएर सेमिफाइनल अगाडि नै भोटका लागि सहयोग गरेका थिए । अहिले पनि भोटको क्याम्पेनिङमा उनले सहयोग गरिरहेको कमेडी च्याम्पियन निर्देशक विशाल भण्डारी बताउँछन् । भरतमणिलाई योगेशले भोटका लागि अपिल नै गरेका छन् ।

    उनले यसअघि नै आफ्नै पहलमा ६ लाख रुपैयाँको पुरस्कारको घोषणा गरिसकेका छन् । उक्त पुरस्कार कमेडी च्याम्पियनको सेटबाट बाहिर आएपछि हस्तान्तरण गर्ने बताइएको छ । पहिलो सिजनमा पनि "प्रतिस्पर्धी"लाई नेताहरुले सहयोग नगरेका होइनन् ।"बाह्रखरीबाट"

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology