Logo

सोमवार, कार्तिक १७ गते २०८३

images
images

छिट्टै विश्वासको मत लिन्छु: मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य

छिट्टै विश्वासको मत लिन्छु: मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आश्विन २, २०७८ शनिवार • १३:२३:०३ बजे
  • 871
    SHARES
  • छिट्टै विश्वासको मत लिन्छु: मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य

    नेकपा (एमाले)की उपाध्यक्ष एवं बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले माधव नेपालले भनेर नै सरकारको नेतृत्व गरेको बताएकी छन् ।

    images

    आज महोत्तरीमा पाटी कार्यकर्तासँगको भेटघाटका क्रममा पत्रकारहरुसँग कुरा गर्दै आफ्नो सरकार अहिले अल्पमतमा रहेको र छिट्टै विश्वासको मत लिने बताइन् ।

    नेकपा एमालेको आन्दोलनलाई मजबुत बनाउन माधव नेपालको महत्वपूर्ण योगदान रहेको बताउँदै उनले माधव नेपाललाई संस्थापन पक्षमा नै फर्किन आग्रह गरेको बताइन् ।

    “मैले माधव कमरेडलाई पटक–पटक नेकपा एमाले नै फर्किन आग्रह गरेको छु । तर, उहाँले पाटी नै दर्ता गरिसक्नुभयो । उहाँको आफ्नै कुरा होला,” उनले भनिन् ।

    आफू सरकारमा जाँदा नेकपा एस दर्ता नभएको र अहिले बागमती प्रदेशमा १३ जना प्रदेशसभा सदस्य नेकपा एसतर्फ गएर नै अल्पमतमा परेको मुख्यमन्त्री शाक्यको जिकिर छ ।

    माधव नेपालले नयाँ पाटी खोलेर नेकपा एमाले अत्यन्त कमजोर रहेकोतर्फ "ध्यानाकर्षण" गराउँदै नेकपा एमालेको उपलब्धी र योगदानलाई बचाइराख्न नेता तथा कार्यकर्ताहरुलाई उनले आग्रह गरिन् ।

    उनले बागमती प्रदेश सरकारको आयु लामो नभएकोतर्फ संकेत गर्दै सरकारको आयु दुई दिन मात्रै भए पनि जनताको पक्षमा काम गरेर देखाउने "प्रतिबद्धता" जनाइन् ।

    महोत्तरीमा अझै जिल्ला समीकरणमा विवाद रहेको र अहिलेसम्म जिल्ला कमिटीका पदाधिकारीले शपथ ग्रहणसमेत नलिएको तर्फ महोत्तरीका नेता तथा कार्यकर्ताहरुले मुख्यमन्त्री शाक्यलाई ध्यानाकर्षण गराएका थिए ।

  • सम्बन्धित विषय:

  • # राजनीति
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology