ता’लिबानले अफगानिस्तानको महिला मन्त्रालय बन्द गरेर त्यसको ठाउँमा नैतिकतासम्बन्धी (सद्गुण र दुर्गुण) मन्त्रालय स्थापना गरेको छ।
महिला मन्त्रालय खारेज गरेर स्थापित नैतिकतासम्बन्धी मन्त्रालयले सन् १९९६ देखि २००१ सम्मको ता’लिबान शासनका बेला कडा धा’र्मिक नि’यम लागू गरेको थियो ।
सो मन्त्रालयले त्यसबेला महिलामाथि क’डा प्र’तिब’न्ध लागू गरेको थियो। शुक्रबार ता’लिबानले महिला मन्त्रालय खारेज गरेर सद्गुण र दुर्गण निर्धारण गर्ने मन्त्रालय स्थापना गरेको हो।
सामाजिक सञ्जालमा पोस्ट गरिएको भिडियोमा महिला कर्मचारीहरु कार्यालय बाहिर रहेको र उनीहरुले ता’लिबानसँग आफूहरुलाई काममा फर्कन दिन आग्रह गरिरहेको देखिन्छ।
पछिल्लो २० वर्ष अफगान महिलाहरुले निरन्तर क’डा सं’घर्ष गरेर पाएका आधारभूत अधिकारहरु अहिले फेरि गुम्ने ख’तरा भएको छ।
अगस्ट १५ मा अफगानिस्तानमाथि क’ब्जा गरेको ता’लिबान अहिले सत्तामा छ।
उसले महि’ला वि’रोधी विभिन्न निर्णयहरु गरिरहेको छ र त्यसको पछिल्लो घटनाका रुपमा मन्त्रालय नै ब’न्द गरिएको हो।
ता’लिबानका नेताहरुले अफगानिस्तानमा धेरै परिवर्तन भएको र आफूहरु पनि परिमार्जन भएको बताउँदै आएका छन्।
तर उनीहरुका गतिविधि र वाचाबीच तालमेल भने मिलेको छैन।