Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

आगामी निर्वाचनसम्म एमालेमा ठूलो पहिरो जान्छ : रामकुमारी झाँक्री

आगामी निर्वाचनसम्म एमालेमा ठूलो पहिरो जान्छ : रामकुमारी झाँक्री

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आश्विन २, २०७८ शनिवार • १६:१२:२० बजे
  • 1.3K
    SHARES
  • आगामी निर्वाचनसम्म एमालेमा ठूलो पहिरो जान्छ : रामकुमारी झाँक्री

    नेकपा (एकीकृत समाजवादी) की केन्द्रीय सदस्य रामकुमारी झाँक्रीले नेकपा एमालेमा आगामी निर्वाचनसम्म ठूलो पहिरो जाने दाबी गरेकी छन् । एकीकृत समाजवादी सिन्धुलीको जिल्ला कमिटी शपथग्रहण कार्यक्रममा बोल्दै एमालेलाई खड्गप्रसाद ओलीको कम्पनीको संज्ञासमेत दिइन् ।

    images

    खड्गप्रसाद ओलीको कम्पनी भत्किने क्रम सुरु भइसकेको छ । स्थानीय र केन्द्रसम्मको चुनावसम्म पार्टीमा पहिरो जान्छ,’ उनले भनिन्, ‘हामीलाई जनप्रतिनिधि नभएकाले दुई महिना पर्खिन भनेका छन् जनप्रतिनिधि भएकाले १५ महिना भनेका छन्। त्यसपछि अन्तिम बाटो त समाजवादी पार्टी नै हो।

    उनले नयाँ पार्टी दर्ता गर्दा साथ नदिएका नेताहरुलाई भगौडाको संज्ञा दिँदै उनीहरुको हविगत एमालेले गर्ने भनिएको १०औं महाधिवेशनमा देखिने बताइन्।

    विद्रोह प्रारम्भमा सानैबाट सुरु हुने भन्दै उनले यसले विस्तारै ठूलो आकार ग्रहण गर्दै जाने बताइन्। विचार समूहका हिसाबले आफूहरुसँग रहेकाहरुले नै अन्तिममा डस्ने काम गरेको उनको आरोप थियो ।

    "देश र जनताको सेवाबाट पछि नहट्नुस् :ओली"

    नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले कर्मचारीहरुलाई सरकारमा जो सुकै भएपनि देश र जनताको सेवा गर्ने कामबाट पछि नहट्न निर्देशन दिएका छन् ।

    नेपाल निजामती कर्मचारी संगठनको आठौँ केन्द्रीय बैठक तथा राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले भने,“म प्रधानमन्त्री हुँदा एउटा ठुलो दलको नेताले कर्मचारीलाई राखेर सरकारलाई असहयोग गर्नुस् भनेर निर्देशन दिएछन् । ती पार्टी कसरी लोकतान्त्रिक हुन सक्छ ?” ।

    उनले कर्मचारीलाई त्यस्तो दुषित विचारबाट दुष्प्रभावित नहुन निर्देशन दिए । “देश र जनताको सेवा गर्ने हो । कुन सरकार छ भन्ने होइन । आफ्नो कर्तव्य सक्रियताका साथ निर्वाह गर्नुस् । सरकारलाई असहयोग गर्ने भन्ने होइन,” उनले भने,“त्यसो हुँदा देश र जनतालाई असर पर्छ । कांग्रेस र माओवादी जस्तो गर्नु हुँदैन ।

    पार्टीको सदस्यता भनेर तपाईंहरुले काम गर्ने होइन ।” अध्यक्ष ओलीले चुनावपछि अहिलेको सत्ता गठबन्धनका दलहरु हराउने बताए । “१४ महिनामा चुनाव हुन्छ, यी कता हराउँछन्,” उनले भने,“यी फ्रिजबाट निकालिएका आइसका डल्ला हुन् । आफैँ परेका आइस होइन । यी डल्ला बाहिर राखिदिएपछि एकछिनपछि पग्लेर जान्छन् ।

    धेरै चिन्ता गर्नुपर्दैन ।” आफू प्रधानमन्त्री हुदा घोषणा गरिएको चुनावको विरोध गर्ने वर्तमान सत्ता गठबन्धनले टार्न खोजिए पनि चुनाव नगरी धर नभएको उनले बताए । “१४ महिनापछि त चुनाव गर्नुपर्छ ।

    चुनाव गराउँदा अनिवार्य रुपमा देश प्रतिगमनमा जाने भयो त ? जनादेश आउँदा चुनाव प्रतिगमन हुने भयो ? संविधान मिचिने भयो त ? कस्तो शासन खोजेका छन् यी तानाशाहहरुले ? चुनाव टाल्ने काम कुनै पनि हिसावले चुनाव नगराएर धर छैन । चुनाव गर्न तिनिहरु बाध्य छन्,” ओलीले भने ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology