सभामुख अग्निप्रसाद सापकोटाले संसदको कामबाट आफै असन्तुष्ट रहेको बताएका छन् । शनिबार राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिले गरेको कार्यक्रममा उनले कार्यसम्पादनबाट आफू सन्तुष्ट हुन नसकेको बताएका हुन् ।
संसदको कार्यसम्पादनमा सुधार गर्नुपर्ने धेरै ठाउँ रहेको उनको भनाई छ । ‘संसदको प्रभविकारिताको कुरा गर्ने हो भने म आफैं पनि पूर्ण सन्तुष्ट छैन’ उनले भने, ‘कार्यसम्पादनमा कति चुस्त कति वैज्ञानिक सुधार गर्नुपर्नेछ ।
इमानका साथ म यसमा केन्द्रित हुन्छु ।’ आफू सभामुख भएको दुई वर्षको अवधिमा दलहरुम आन्तरिक लोकतन्त्र कमजोर भएको देखेको पनि पनि उनको भनाई छ ।
‘मैले सभामुखको जिम्मेवारी सम्हालेको करिब २ वर्ष हुन लाग्यो । मलाई गहिरो गरी अनुभूत भएको छ, सबैमा जिम्मेवारी वोध, कर्तव्य वोधको कमीका साथसाथै आन्तरिक लोकतन्त्र कमजोर भएको छ ।
दलहरुमा पनि’ उनले भने । सापकोटाले लोकतन्त्र भनेको अरुलाई उपदेश दिने विषय नभई आत्मसात गर्ने र व्यवहारमा प्रयोग गर्ने विषय भएको बताए ।