Logo

सोमवार, कार्तिक १७ गते २०८३

images
images

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी ) म्याग्दीको अध्यक्षमा रेशम केसी

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी ) म्याग्दीको अध्यक्षमा रेशम केसी

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आश्विन २, २०७८ शनिवार • २२:४९:०५ बजे
  • 1.3K
    SHARES
  • अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी ) म्याग्दीको अध्यक्षमा रेशम केसी

    म्याग्दी/ अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी ) म्याग्दीको अध्यक्षमा रेशम केसी सर्वसम्मत चयन भएका छन् । अनेरास्ववियु क्रान्तिकारी म्याग्दीले शनिबार बेनीमा आयोजित १७ औँ जिल्ला सम्मेलनबाट रेशम केसीको नेतृत्वमा ४१ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।

    images

    सम्मेलनबाट समितिको प्रथम उपाध्यक्षमा भाइरथ पाण्डे, दिप्तिय उपाध्यक्षमा हेमन्त पाण्डे, सचिवमा विवेक केसी, सह-सचिवमा सुस्मिता बाँनिया, सज्जन आचार्य, कोषाध्यक्षमा आइतराम तामाङ रहेका छन् ।

    १७ औँ जिल्ला सम्मेलनबाट सदस्यहरुमा सन्दिप खत्री, किरन केसी, पुजा बराईली, प्रभु थापा, सन्दिप शर्मा, रिता खत्री, गकुल थकाली, अनिल भण्डारी कृष्ण थापा लगायतको सदस्य रहेको ४१ सदस्यीय जिल्ला समिति चयन गरेको छ ।

    कार्यक्रममा अनेरास्ववियू क्रान्तिकारी केन्द्रिय समितिको सचिव प्रविणा अधिकारी, अनेरास्ववियू क्रान्तिकारी गण्डकी प्रदेश सह-संयोजक नारायल बढाल,सुदिन पौडेल र केन्द्रिय सदस्य गोविन्द गौतमको उपस्थिति रहेको थियो । 

    कार्यक्रमममा प्रमुख अतिथि नेकपा माओवादी केन्द्र गण्डकी प्रदेश कमिटिका सदस्य एवम् युवा नेता टेकबहादुर विक, विशिष्ट अतिथिको रुपमा गण्डकी प्रदेश सभा सदस्य विनोद केसी लगायत जिल्ला नेताहरुको उपस्थित रहेको रहेको सम्मेलनको संचालन भाईरथ पाण्डेले गरेका थिए ।

  • सम्बन्धित विषय:

  • # राजनीति
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology