Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

जनताको बलिदानपूर्ण संघर्षबाट प्राप्त संविधानमा सबै नागरिकको समान पहुँच हुनुपर्छ : राष्ट्रपति

जनताको बलिदानपूर्ण संघर्षबाट प्राप्त संविधानमा सबै नागरिकको समान पहुँच हुनुपर्छ : राष्ट्रपति

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

आश्विन ३, २०७८ आइतवार • ०९:०६:५६ बजे
  • 694
    SHARES
  • जनताको बलिदानपूर्ण संघर्षबाट प्राप्त संविधानमा सबै नागरिकको समान पहुँच हुनुपर्छ : राष्ट्रपति

    पोखरा । संविधान दिवस तथा राष्ट्रिय दिवस–२०७८ को अवसरमा शुभकामना दिनुहुँदै राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानमा सबै नागरिकको समान पहुँच हुनुपर्ने बताउनुभएको छ ।

    images

     

    भण्डारीले जनताको बलिदानपूर्ण संघर्षबाट प्राप्त संविधानमा सबै नागरिकको समान पहुँच हुनुपर्ने बताउनुभएको हो ।

    उहाँले राज्यबाट प्राप्त सेवा तथा सुविधा स्थापित गरी आमनागरिकलाई सामाजिक सुरक्षाको प्रत्याभूति प्रदान गर्नुपर्नेमा जोड दिनुभएको छ ।

    ‘‘संविधानद्वारा प्रत्याभूत नागरिक आकाङ्क्षालाई कार्यरूप दिनु हाम्रो युगीन अभिभारा हो,’ सन्देशमा भनिएको छ, ‘जननिर्वाचित संविधान सभाद्वारा २०७२ साल असोज ३ गते जारी संविधान लोकतान्त्रिक प्रणाली स्थापना गर्ने मार्गदर्शन हो।’

    लामो समयको संक्रमणकाल र द्वन्द्वलाई समाप्त पार्न सफल राजनीतिक दलहरूलाई संविधानप्रदत्त नागरिक अधिकारको उपयोग गरी शान्तिपूर्ण माध्यमबाट राजनीतिक उद्देश्य हासिल गर्न राष्ट्रिय राजनीतिको मूल प्रवाहमा सामेल हुनसमेत राष्ट्रपति भण्डारीले आग्रह गर्नुभएको छ।

    संविधान दिवसको अवसरमा ८ जनालाई माफी र ५२३ जनाको कैद कट्टा

    राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान दिवसको अवसरमा ८ जनालाई माफी र ५२३ जनाको कैद कट्टा गरेकी छन् ।

    पूर्णबहादुर भन्ने किशोर भण्डारीसमेतका ८ जना व्यक्तिलाई विभिन्न अदालतले सुनाएको कैद सजाय संविधान दिवसको अवसर पारेर माफी भएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

    हर्कबहादुर राईसमेत ५२३ जना कैदीले भुक्तान हुन बाँकी कैद कट्टा गरिएको छ ।

    असोज ३ गते संविधानको अवसर पारेर कैद माफी र कैद कट्टाका लागि मन्त्रिपरिषद बैठकले राष्ट्रपतिसमक्ष भदौ २९ गते सिफारिस गरेको थियो ।

    सरकारले २०७२ साल असोज ३ गते संविधान जारी भएको दिनलाई राष्ट्रिय उत्सवको रुपमा मनाउँदै आएको छ । यही अवसर पारेर कैदी बन्दीको कैद कट्टा र माफी दिन सक्ने कानुनी व्यवस्था छ ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology