Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

आयस्रोत नखुलाई’ लगानी गर्न पाउने व्यवस्था, सरोकारवालाद्वारा आपत्ति

आयस्रोत नखुलाई’ लगानी गर्न पाउने व्यवस्था, सरोकारवालाद्वारा आपत्ति

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आश्विन ३, २०७८ आइतवार • ०९:२५:३९ बजे
  • 1.2K
    SHARES
  • आयस्रोत नखुलाई’ लगानी गर्न पाउने व्यवस्था, सरोकारवालाद्वारा आपत्ति

    अर्थमन्त्री जनार्दन शर्माले केही निश्चित आयाेजनाहरूमा सम्पत्तिको आयस्रोत नखुलाईकनै पनि लगानी गर्न पाउने व्यवस्था गरेका छन् । तर यसले कालोधनको शुद्धीकरणमा मद्दत पुग्ने भन्दै सरोकारवालाहरुले आपत्ति प्रकट गर्न थालेका छन् ।

    images

    अर्थमन्त्री शर्माले हालै संसदमा पेश गरेकाे अर्थसम्बन्धी प्रतिस्थापन विधेयकमा उक्त व्यवस्था समावेश गरेका छन् । उक्त विधेयकमा निश्चित क्षेत्रमा वि.सं. २०८० सालसम्म गरिएको लगानीको आयस्रोत नखोजिने बुँदा समावेश गरिएको छ ।

    यो बुँदा अर्थमन्त्रीले नै अन्तिम समयमा समावेश गरिएको र प्रधानमन्त्रीसँग समेत सल्लाह नगरिएकाे स्रोत बताउँछ । तर यसले कालो (अवैध) सम्पत्तिलाई शुद्धीकरण पार्न मद्दत पुग्ने भन्दै केही सरकारी उच्च अधिकारीले नै प्रधानमन्त्री शेरबहादुर देउवामार्फत उक्त व्यवस्था हटाउन सुझाव दिइरहेको स्रोतको दाबी छ ।

    तीन वर्षअगाडि २०७५/७६ को बजेटमा पनि तत्कालीन अर्थमन्त्री युवराज खतिवडाले समेत लगानीमा सम्पत्तिको आयस्रोत नखोजिने प्रावधान ल्याउन लाग्दा धेरैतिरबाट विरोध र दबाव आएपछि रोकिएको थियो ।

    अहिले पुनः उक्त प्रावधान ल्याउँदा सम्पत्ति शुद्धीकरण सम्बन्धी मामिलामा निगरानी राख्ने अन्तर्राष्ट्रिय निकायहरुकाे नजरमा नेपाल कालोसूचीमा पर्ने जोखिम बढेको जानकारहरु बताउँछन् ।

    यद्यपि उक्त बुँदा अहिले संसद्मा विचाराधीन विधेयकमै रहेकाले संसदबाट पास हुनुअगावै पुनर्विचार गर्न सकिन्छ । राष्ट्रिय महत्त्वका र ठूला आयोजनामा लगानी गर्दा आयस्रोत नखोजिने व्यवस्था उक्त विधेयकमा छ ।

    यस्तो व्यवस्था २०६६ मा ल्याइएको थियो तर पछि २०६८ मा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग खडा भएपछि उक्त व्यवस्था निरुत्साहन गरियो । अहिले पनि उक्त प्रावधान ल्याइएपछि अन्तर्राष्ट्रिय स्तरमा नेपालको साख गिर्ने, कालोसूचीमा पर्न जाने लगायत जोखिम रहेकाले यस व्यवस्थालाई तत्कालै हटाउन प्रधानमन्त्री देउवामार्फत सरोकारवालाहरुले दबाव बढाएको स्रोतको भनाइ छ ।

    हाल मुलुकमा सम्पत्ति शुद्धीकरण सम्बन्धी ऐन २०६४ कार्यान्वनमा छ । यसअन्तरगत गठित एक समन्वय समिति हाल कार्यरत छ, जसले सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानीसम्बन्धी कसुर निवारण गर्ने सम्बन्धमा सरकारी निकायहरुबीच समन्वय गर्ने र सरकारलाई उचित सुझाव दिने कार्य गर्दछ ।

    सम्पत्तिको अवैध स्रोतमाथि निगरानी गर्ने, अवैध धन लगानीमार्फत शुद्धीकरण गर्ने-गराउने कार्यलाई निरुत्साहित गर्ने उद्देश्यले उक्त ऐनका साथै सम्पत्ति शुद्धीकरण निवारण नियमावली– २०७३ समेत कार्यान्वयनमा ल्याइएको छ ।

  • सम्बन्धित विषय:

  • # आर्थिक
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology