पूर्वप्रधानमन्त्री झलनाथ खनाललाई राष्ट्र गौरव पदवीबाट सम्मान गरिने भएको छ ।
यो सम्मान राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदान गर्ने मानपदवीमध्ये दोस्रो ठूलो सम्मान हो । पूर्वप्रधानमन्त्री खनालसँगै यो सम्मान मन्त्रिपरिषद्का पूर्वअध्यक्ष स्व. सुवर्ण शमशेर राणालाई पनि प्रदान गरिने भएको छ ।
सरकारले संविधान दिवसको अवसरमा हरेक वर्ष विभिन्न क्षेत्रमा योगदान गरेका व्यक्तित्वहरुलाई विभिन्न मानपदवी र विभूषण गर्दै आएको छ । यो वर्ष सरकारले ९०३ जनालाई सम्मान गर्ने भएको छ ।
"किरण चेम्जोङ लिम्बू राष्ट्रपतिबाट विभूषित हुने"
नेपाली राष्ट्रिय फुटबल टोलीका कप्तान किरण चेम्जोङ लिम्बू पनि विभूषित हुने भएका छन् .। संविधान दिवसको अवसरमा सरकारले प्रदान गर्ने मानपदवी र विभूषण हुने सूचीमा कप्तान किरण परेका हुन् ।
कप्तान किरणसँगै खेल क्षेत्रमा योगदान गरेका क्रिकेटर ज्ञानेन्द्र मल्ललाई पदक मार्फत सम्मान गरिने भएको छ।
किरणले भर्खरै नेपालमा सम्पन्न भारतसँगको मैत्रिपूर्ण खेलका क्रममा सबैभन्दा धेरै अन्तर्राष्ट्रिय खेल खेल्ने नेपाली क्याप्टेनको इतिहास रचेका थिए ।
मन्त्रिपरिषदको सिफारिसमा परेका उनीहरुलाई राष्ट्रपति विद्यादेवी भण्डारीले आजै सम्मान गर्ने तालिका रहेको छ ।