Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

जब नाच्दा नाच्दै म'र्न थाले मान्छेहरु .....

जब नाच्दा नाच्दै म'र्न थाले मान्छेहरु .....

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आश्विन ३, २०७८ आइतवार • १२:१९:०३ बजे
  • 1.2K
    SHARES
  • जब नाच्दा नाच्दै म'र्न थाले मान्छेहरु .....

    एजेन्सी/ विश्वको इतिहासमा अहिलेको कोरोना भाइरस महामारी जस्तै अनेक खालका महामारीहरु आए, जसका कारण लाखौँ करोडौँ मानिसहरुले ज्यान गुमाउनु पर्‍यो। आजभन्दा ५ सय वर्ष अगाडि पनि यस्तै महामारी आएाके थियो, जसले ठूलै तहल्का मच्चाएको थियो । तर अनौठो त के भने त्यस समयमा मानिसहरु नाची नाची मरेका थिए ।

    images

    आखिर महामारीको समयमा मानिसहरु कसरी नाच्दा नाच्दै म-र्न पुगे त ? वास्तवमा सन् १५१८ मा हालको फ्रान्समा पर्ने अलससको स्ट्रासबर्गमा एउटा अनौठो महामारी फैलिएको थियो । त्यो एउटा नृत्य महामारी थियो, जसले फ्रान्समा कैयौँ मानिसहरुलाई आफ्नो सिकार बनायो ।

    उक्त महामारीमा करीब ४ सय मानिसको मृत्यु भयो । सन् १५१८ को जुलाईमा एकजना युवती अचानक नाच्न थालिन् र नाच्दा नाच्दै होस नै गुमाइन् । ट्रफी नामकी ती युवती नाचमा यतिधेरै मग्न भइन् कि उनी नाच्दानाच्दै घरबाहिर पुगिन् ।

    उनलाई कसैको मतलब थिएन, नाचिरहेकी थिइन् । नाच अति नै भएपछि उनका परिवार, आफन्त तथा छिमेकीहरुले समेत उनलाई समझाउन थाले । तर उनी नाच्न छाडिनन् । अनौठो त के भने जो जो मानिस उनलाई नाच्न छाड भनेर सम्झाउन जान्थे उनीहरु आफै नाच्न थाले ।

    "अन्ततः त्यहाँ दर्जनौँ मानिसहरु बेहोसीमै नाच्न थाले" 

    त्यसरी नाच्दा नाच्दै मानिसहरु बेहोस भएर लड्न थाले र करीब ३० जनाभन्दा धेरैको त्यहीँ मृ-त्यु भयो । उक्त घटनापछि फ्रान्समा ठूलै हंगामा मच्चिएको थियो ।

    त्यहाँ केही मानिसहरु मरेपछि नाच थामियो, तर फ्रान्सका अन्य ठाउँमा भने त्यो नाच्ने महामारी सल्कियो । ठाउँठाउँमा मानिसहरु त्यसैगरी नाच्न र मर्न थाले । त्यसरी बेहोसीमै नाच्ने मानिसहरुलाई समाएर अस्पतालमा समेत लगियो ।

    उनीहरुको चेकजाँच पनि भयो, तर खास कारण पत्ता लाग्न सकेन । आखिर मानिसहरु किन त्यसरी अकस्मात नाच्न थाले र मृ-त्यु भयो भन्ने बारेको रहस्य अहिलेसम्म पनि पत्ता लागेको छैन । वैज्ञानिकहरुले उक्त घटनालाई डान्सिङ प्लेगको नाम दिएका छन् । 

  • सम्बन्धित विषय:

  • # जब नाच्दा नाच्दै
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology