Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

मोदीको जन्मदिनमा २ करोड भारतीयलाई खोप

मोदीको जन्मदिनमा २ करोड भारतीयलाई खोप

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आश्विन ३, २०७८ आइतवार • १४:२१:०१ बजे
  • 763
    SHARES
  • मोदीको जन्मदिनमा २ करोड भारतीयलाई खोप

    एजेन्सी । भारतमा प्रधानमन्त्री नरेन्द्र मोदीको जन्मदिनको अवसरमा दुई करोड भारतीयलाई कोभिड खोप लगाइएको छ । मोदीको ७१औं जन्मदिनको अवसरमा एकै दिनमा दुई करोडलाई खोप लगाइएको हो ।

    images

    यो एकै दिन लगाइएको अहिलेसम्मकै धेरै परिणामको खोप हो । यसअघि २७ अगस्टमा एकैदिन एक करोड ३० लाखलाई खोप लगाइको थियो ।

    भारतले सन् २०२१ को अन्त्यसम्म खोप लगाउन योग्य सबै नागरिकलाई खोप लगाउने उद्देश्य राखेको छ । तर, सो लक्ष्य पुरा गर्न निरन्तर खोप अभियान चलाइनुपर्ने विज्ञहरूको जोड छ । तीन थरिका कोभिड खोप गरी अहिलेसम्म ७९ करोड भारतीयले पूर्णखोप लगाएका छन् ।

    त्यस्तै, ५९ करोड भन्दाबढीले कोभिडको पहिलो डोज लगाएका छन् । तर, गत ज्यानुअरीमा खोप अभियान सुरु भएपछि जम्मा २० प्रतिशत बयस्कले खोप लगाएका छन् । भारतमा अहिलेसम्म ३ करोड भन्दाबढी कोरोनाबाट संक्रमित भइसकेका छन् ।

    विश्वमा अमेरिकापछि भारत कोभिडबाट सवैभन्दा बढी प्रभावित छ । भारतमा कोभिडबाट अहिलेसम्म चार लाख ४० हजारको मृत्यु भइसकेको छ ।

  • सम्बन्धित विषय:

  • # मोदी
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology