Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

आज श्रीमतीको मुख हेर्ने दिन हो कि ! बाउको मुख हेर्ने दिन हो ? : ओली

आज श्रीमतीको मुख हेर्ने दिन हो कि ! बाउको मुख हेर्ने दिन हो ? : ओली

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आश्विन ३, २०७८ आइतवार • १५:४१:३२ बजे
  • 1.5K
    SHARES
  • आज श्रीमतीको मुख हेर्ने दिन हो कि ! बाउको मुख हेर्ने दिन हो  ?  : ओली

    नेकपा एमालेका अध्यक्ष केपी ओलीले नेता र नेताका परिवारका सदस्यलाई पदक बाँडिएकोमा आक्रोश पोखेका छन् । सरकारले सातौं संविधान दिवसका अवसरमा सत्ता गठबन्धनका नेताहरू पुष्पकमल दाहाल प्रचण्डकी श्रीमती सीता दाहाल, माधव कुमार नेपालका पिता मंगलकुमार उपाध्याय र पूर्वप्रधानमन्त्री झलनाथ खनाललाई पदक दिने निर्णय गरेपछि ओलीले आक्रोश पोखेका हुन् ।

    images

    ‘आजको गठबन्धनले के गर्दैछ, ७० दिनमा पूर्णता पाउन सकेको छैन । कति हाइसञ्चो छ हेर्नुस् त । संविधान दिवस जनताले मनाउन पाउनुपर्ने, सहिदका परिवारले खुसियाली मनाउन पाउने, मनाउने अवसर छैन ।

    जनतालाई होइन बालाई सम्मान ? श्रीमतीलाई सम्मान ? अघिल्लो पटक सुपत्रीलाई सम्मान, अर्को सुपुत्रलाई महान सम्मान ? कस्ता भोका, झुटाहहरू सत्तामा पुगेका रहेछन्, कस्तो अचम्म,’ ओलीले भने ।

    उनले प्रचण्डकी श्रीमती र माधवका पिताले पदक पाएको तर्फ संकेत गर्दै सोधे, ‘शहिदका आमा बुवा, छोराछोरीले नपाउने ? आज श्रीमतीको मुख हेर्ने दिन हो ? बाउको मुख हेर्ने दिन हो ? छोराछोरीको मुख हेर्ने दिन हो ?’ बाहिर जनताका लागि राजनीति गरेको भन्ने र मौका पाएका परिवारका सदस्यलाई बोक्ने भन्दै ओलीले पदक पनि लजाएको टिप्पणी गरे ।

    ‘कस्तो भोक, आकांक्षा, तृप्ती हो ? बाहिर म जनताका लागि हो भनेर बोल्ने, परिवारका लागि होइन भन्ने । मौका पाउँदा हेर्नुस् त । ति विभूषण, मानपदवी लजाइरहेका छन्, हेर्नुस् त शरम मान्या छन् । बोल्न सक्ने भए उफ्रिन्थे तिनी । तर, बोल्न सक्दैनन । लज्जाजनक छ,’ उनले भने ।

    आफ्नो सरकारविरुद्ध लेख्ने पत्रकारलाई पदक बाँडेको भन्दै ओलीले आक्रोश पोखे । ‘अघिल्लो लोकप्रिय सरकार, सुशासन पक्षको सरकारका एक पनि सकारात्मक समाचार नदिने सञ्चारमाध्यम र तिनका पत्रकारलाई छानीछानी पदक दिएको छ । खोजी पत्रकारिता गर्ने, लोकतन्त्रको पक्षमा लागेकालाई दिए हुन्थ्यो,’ उनले भने ।

    झगडिया, मुद्दा हाल्ने, तथानाम बोल्ने, जे पायो त्यहीँ बोल्नेलाई पदबाट सम्मानित गरेकोमा ओलीको आक्रोश थियो । ‘दुईचार छुटे जस्तो लाग्यो । तिनलाई किन छोडेको होला ?’ ओलीले प्रश्न गरे, ‘मुद्दा जिताइदिने, हराइदिने, कता तराजु फर्काइदिने, आँखामा पट्टी बाधेको हुन्छ ।

    न्यायमूर्तिहरुले तराजु कता फर्काइने ? सबैका लागि यो लज्जाजनक विषय हो । इतिहासले निर्मम मूल्यांकन गर्नेछ ।’ आफ्नैलाई बाँड्ने राष्ट्रपतिबाट नभइ सिधै घर लगेर बाँड्न उनको सुझाव थियो । ‘किन राष्ट्रपतिबाट बाँडिरहनुपर्‍यो ? आफैँ आफैँ घर लगेर जाउ न । आफैँ बाँडौं न,’ उनले भने ।

  • सम्बन्धित विषय:

  • # केपी ओली
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology