Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

भारतमा १२औं शताब्दीमा बनेको गणेशको मूर्ति भेटियो

भारतमा १२औं शताब्दीमा बनेको गणेशको मूर्ति भेटियो

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आश्विन ३, २०७८ आइतवार • १५:५०:३७ बजे
  • 814
    SHARES
  • भारतमा १२औं शताब्दीमा बनेको गणेशको मूर्ति  भेटियो

    फाइल फोटो

    images

    एजेन्सी । भारतमा १२औं शताब्दीमा बनेको गणेशको मूर्ति फेला परेको छ ।

    दक्षिणपूर्वी भारतका एक किसानले बारीमा उक्त मूर्ति फेला पारेका हुन् । प्रकाशम जिल्लाको मोटुपाली गाउँका किसानले खेत जोत्ने क्रममा उक्त मूर्ति फेला पारेका हुन् ।

    हिन्दू धर्ममा गणेशलाई बुद्धि र विवेकका देवता मानिन्छ । ढुंगाको १८ इन्च अग्लो सो मूर्ति पद्मासन अवस्थाको छ ।

    मूर्तिका दुईओटा हात टुटेका छन् भने तेस्रो हातले भाँचिएको सुँड समातेको देखिन्थ्छ। चौथो हातले मिठाइजस्तो बस्तु लिएको देखिन्न्छ ।

    उक्त मूर्ति १० दिने गणेश चर्तुर्थी पर्वको अवसरमा सार्वजनिक गरिएको छ।

    गणेश जन्मेको तिथिलाई हिन्दुहरूले गणेश चर्तुर्थी पर्वको रुपमा मनाउँछन् । गणेश चर्तुर्थीमा उपवास तथा गणेशको पुजा र आरधना गरिन्छ ।

  • सम्बन्धित विषय:

  • # गणेशको मूर्ति
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology