Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

गण्डकीमा एमालेका लागि म एक्लै काफी छु :किसान श्रेष्ठ

गण्डकीमा एमालेका लागि म एक्लै काफी छु :किसान श्रेष्ठ

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आश्विन ३, २०७८ आइतवार • १६:५७:४७ बजे
  • 2.9K
    SHARES
  • गण्डकीमा एमालेका लागि  म एक्लै काफी छु :किसान श्रेष्ठ

    एमाले विभाजनपछि गण्डकीमा हालका हेभिवेट नेता हुन् कृष्णकुमार श्रेष्ठ ९किसान । उनी यसै हेभिवेट भएका होइनन्, तनहुँ १ बाट कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेललाई पराजित गरेपछि श्रेष्ठ चर्चामा आएका हुन् ।

    images

    त्यो पराजयले अर्को ठूलो सन्देश दियो, उनी कांग्रेसका लागि निकै भारी भए । किसान अहिले माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादीमा लागेका छन् ।

    प्रदेश कमिटी कार्यालय स्थापनापछि पोखरामा भएको भेलालाई सम्बोधन गर्दै उनले आफू एक्लै भए पनि गण्डकीमा एमालेको लागि भारी पर्ने दाबी गरे ।

    ‘१८ निर्वाचन क्षेत्रमा एउटा पनि माधव नेपाल समूहका मान्छेलाई टिकट दिइएन । कसरी बलियो हुन्छ ? स्थानीय र प्रदेश चुनावमा कसैले टिकट पाएनन्, अनि कसरी हुन्छ बलियो ?,’ उनले भने, ‘अब हामी देखाइदिन्छौं, एकीकृत समाजवादी गण्डकीमा के छ भनेर ।

    यो पार्टीमा गण्डकीबाट म मात्रै निर्वाचित सांसद छु । उनीहरू १४ जना छन्, उनीहरूका लागि म एक्लै भारी पर्ने छ ।’ सबैको समस्या आफूहरूले समाधान गर्ने उनको दाबी छ ।

    उनले समाजवादी पार्टी गण्डकीमा बलियो रहेको बताए । ‘केही दिन अगाडि एमाले अध्यक्ष पोखरामा आएर तामझामका साथ कार्यक्रम गरेर जानुभयो ।

    त्यो कार्यक्रममा गण्डकीका सबै जिल्लाबाट कति उपस्थित थिए ?,’ उनी भन्छन्, ‘आज कास्कीको मात्रै नेता कार्यकर्ता भेला हुँदा हेर्नुस् त कति छन् ।

    आजदेखि समाजवादीले बिगुल फुक्यो ।’ आफू बीसौं वर्ष ओली गुटमा रहेकोमा अहिले आएर पश्चाताप लागेको उनले सुनाए । ‘बीसौं वर्ष उता लागें ।

    दुईपटकसम्म संसद् विघटन गर्दा पनि साथ दिइरहें,’ श्रेष्ठ भन्छन्, ‘असारमा आएपछि मैले गल्ती गरेको रहेछु भन्ने महसुस भयो । त्यसैले शेरबहादुर देउवालाई विश्वासको मत दिएँ । संविधानको पक्षमा उभिएँ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology