Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

भिडियो सुटिङकै क्रममा कलाकार कलाकार रमेश केसीको निधन

भिडियो सुटिङकै क्रममा कलाकार कलाकार रमेश केसीको निधन

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आश्विन ३, २०७८ आइतवार • १७:०२:४० बजे
  • 1.4K
    SHARES
  • भिडियो सुटिङकै क्रममा कलाकार कलाकार रमेश केसीको निधन

    कलाकार रमेश केसी ‘मट्टारे’को नि'ध'न भएको छ । उनको आइतबार हृदयघातका कारण नि'ध'न भएको कलाकार उत्तम केसीले बताए ।

    images

    ‘आइतबार छन्दे स्टुडियोमा उनी एक म्युजिक भिडियो सुटिङ गर्दै थिए’ उत्तमले भने ‘एक्कासी ढल्न पुगे,तुरुन्तै गंगालाल अस्पतालमा पुर्याइएको थियो । बचाउन सकिएन ।’

    छन्दे स्टुडियो तारकेश्वर नगरपालिका वडा नं ६ महाँकालमा रहेको छ । उनी बिहानै सिरियल ‘हल्के हवल्दार’ टिमको एक म्युजिक भिडियो सुटिङका लागि पुगेका थिए ।

    लामो समयदेखि उनी मुटु सम्बन्धी समस्याबाट पीडित रहेका थिए । उनको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिँदैछ ।

    अन्त्येष्टि अगाडि उनको शवलाई अन्तिम श्रद्धाञ्जलीका लागि पशुपति आर्यघाटमै केही घन्टा राखिने भएको छ ।

    रंगमञ्चबाट अभिनय थालेका केसीले थुप्रै नाक, सडक नाटक, म्युजिक भिडियो, टेलिसिरियल र फिल्मसमेत अभिनय गरेका छन् । उनी पछिल्लो समय सिरियल ‘एकादेशको चुरिफुरी’ ‘हर्के हवल्दार’ लगायतमा देखिँदै आएका थिए ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology