Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

धमाधम सरकारी विभूषण अस्वीकृत

धमाधम सरकारी विभूषण अस्वीकृत

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

आश्विन ३, २०७८ आइतवार • १७:०४:०९ बजे
  • 940
    SHARES
  • धमाधम सरकारी विभूषण अस्वीकृत

    पोखरा। संविधान दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले ९०३ जनालाई विभिन्न विभूषण, अलङ्का र पदक प्रदान गर्नुभएको छ ।

    images

     

    संविधान दिवसका अवसरमा नेपालको संविधानको धारा २७७ को उपधारा (१) बमोजिम गत भदौ २९ गतेको मन्त्रिपरिषद्का सिफारिसमा राष्ट्रपति भण्डारीले ९०३ जनालाई विभूषण प्रदान गर्नुभएको हो।

    तर सरकारले प्रदान गरेको यस्तो विभूषण धमाधम अस्वीकृत हुन थालेका छन् ।

    पत्रकार हरिबहादुर थापाले संविधान दिवसका अवसरमा सरकारले प्रदान गर्ने घोषणा गरेको विभूषण अस्वीकार गर्नुभएको छ ।

    सरकारले उहाँलाई सुप्रवल जनसेवाश्री पदकबाट विभूषित गर्ने निर्णय गरेको छ। थापाले सामाजिक सञ्जालमार्फत सो पदक अस्वीकार गर्ने जानकारी दिनुभएको हो ।

    त्यसैगरी पूर्वमेयर तथा नेपाली कांग्रेसका नेता पीएल सिंहले सरकारले प्रदान गरेको सुप्रशिद्ध प्रवल जनसेवाश्री अस्वीकार गर्नुभएको छ ।

    विभूषण लिनु आफ्नो नैतिक मान्यताविरुद्ध भएको भन्दै संविधान दिवसको अवसरमा सरकारले प्रदान गरेको सुप्रशिद्ध प्रवल जनसेवाश्री सिंहले अस्वीकार गर्नुभएको हो।

    उहाँले २०४७ को संविधानको ष’ड्यन्त्रपूर्ण ह’त्यापछि ल्याइएको यो संविधानलाई स्वीकार नगरेको भन्दै त्यसै संविधानअन्तर्गत दिइएको विभूषण पनि स्वीकार्य नभएको बताउनुभयो ।

    कार्टुनिष्ट रविन सायमीले पनि सरकारबाट विभूषण नलिने घोषणा गर्नुभएको छ ।

    सरकारले सायमीलाई प्रवल जनसेवा श्री बाट विभूषित गर्ने निर्णय गरेको छ । तर उहाँले सामाजिक सन्जालमार्फत सो पदक ग्रहण नगर्ने घोषणा गर्नुभएको हो ।

    जनता समाचारबाट साभार

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology